काठमाडौं– कोरोनाका कारण काम छोडेर बसेका अभिनेता पल शाह कोलिकोटका बाढी पहिरो प्रभावित बस्ति पुगेका छन् । पल कालिकोटको नरहरिनाथ गाउँपालिकाका बाढी पहिरो प्रभावित बस्तिका बासिनदालाई सहयोग सामग्री बोकेर कालिकोट पुगेका हुन् । त्यहाँ पहिरो प्रभावित ४० घर परिवारलाई खाद्यन्य लगायत सामग्री वितरण गरेका छन् ।
हाम्रो टिम नेपालसँगको पल शाह प्रतिष्ठानले पहिरो प्रभावित परिवारलाई सहयोग वितरण गरेको पलले बताएका छन् । पहिरो प्रभावित बस्तिमा सहयोगको खाँचो देखेरै आफू कालिकोट गएको पल बताउँछन् ।
उनले भनेका छन्,– ‘कोरोनाको जोखिमसँगै पहिरोको विपतमा परेका आफ्नै दाजुभाईको समस्या हेर्न सकिन । कालिकोट आइपुग्न विभिन्न दुःख झेल्नु प¥यो । कोरोनाको डर त छदै छ, बाढी पहिरोले बिगारेको सडक कालिकोट आइपुग्न निक्कै कष्ठ भयो । यात्रामा जतिनै कठिनाइ झेलेपनि समस्यामा परेका आफन्तलाई सहयोग गर्न पाउँदा खुशी छौँ ।’
पछल्लो समय कोरोना संक्रमण बढेपछि अभिनेता पल शाहले गर्दा गर्दैका काम रोकेर बसेका थिए । म्यूजिक भिडियो छायांकनमा ब्यस्त रहेका पलले संक्रमणको जोखिम कम भएपछि पुनः काममा फर्किने बताएका छन् ।