विदेशबाट फर्किएका श्रमिकलाई राख्नका लागि पर्याप्त मात्रामा क्वारेन्टाइन नभएको भन्दै स्थगित गरिएको उडान भाद्र ४ गते मन्त्रिपरिषद्को बैठकले खुलाउने निर्णय गर्यो ।
साउन ३२ मा कोभिड–१९ संकट व्यववस्थापन केन्द्र(सिसिएमसी) ले उडान रोक्ने निर्णय गरेपछि स्वेदश फर्किनका लागि विमानस्थल पुगेका दुबईका दुई सय ६६ श्रमिक फेरि कोठामा फर्किएका थिए । उनीहरूलाई स्वदेश फिर्ता ल्याउन आइतबार जहाज दुवई गएको छ ।
टिकट काटेर फर्किन बाँकी श्रमिकलाई लिन ६ भदौमा कतार जान जान लागेको जहाजको भने अनिश्चितकालका लागि उडान रद्ध भएको छ । १७ देखि २४ तारिखसम्मका सबै उडान रद्द भएको कतार दूतावासले जनाएको छ ।
लकडाउनपछि एयरलाइन्स कम्पनीहरूले धमाधम उडान गरिरहेका थिए । ३२ जेठयता तीन सय ३० उडानबाट ५१ हजार ९ सय ६३ नेपाली स्वदेश फर्किएका छन् । १ देखि १५ भदौसम्म सरकारले पाँचौ चरणको उद्धारमा नेपाल वायुसेवा निगमलाई १७ र हिमालय एयरलाइन्सलाई १५ वटा उडानको अनुमति दिएको छ । अन्य विदेशी एयरलाइन्सलाई ११ उडानको अनुमति दिइएको छ ।
भदौ १ बाट सुरु हुने भनिएको पाँच चरणको उडानका लागि विदेशबाट घर फर्किन दुई हजार तीन सय २० जनाले टिकट काटिसकेका छन् । उनीहरूले टिकटमा मात्रै १० करोड ५२ लाख २९ हजार तिरिसकेका छन् ।
यस सम्बन्धी थप रिपोर्ट पढ्नुहोस्–
आफ्नै देश आउन किन यति गाह्रो ?
स्वदेश फर्किन चाहनेको संख्या एक लाख
किन काम लागेन उद्धार कोष ?
के छ उद्धार निर्देशिकामा ?