काठमाडौं - नेपालमा आज ८ सय १८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा १६६ सहित ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।
जसमध्ये काठमाडौंमा १ सय २६ जना, भक्तपुरमा २८ जना र ललितपुरमा १२ जना रहेका छन् ।
अहिलेसम्म नेपालमा १८ हजार ६ सय ३१ जनाले कोरोना जितेका छन् ।