भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतबार नेपाली नारीहरूले सप्तऋषिको पूजाआराधना गरी मनाउछन् । कोरोना महामारीको समयमा सम्भावित भीड हुन नदिन सुरक्षाकर्मीले बिहानदेखि नै पशुपति परिसरमा अनावश्यक आवतजावतमा रोक लगाएको थियो ।
भक्तजनहरूलाइ मात्रै नभई उनीहरूले ऋषिपञ्चमी पूजा गराउन आएका पूजारीहरूलाई पनि पवेश गर्न दिएनन् । यद्यपि केही मानिसहरु सुरक्षाकर्मी आँखा छलेर गौरीघाटमा आएर अनुष्ठान गरिरहेका भेटिए ।
निषेधाज्ञाका कारण भीडभाड नभएपनि केही मानिसहरु बागमती किनारमा धुपबत्तीले आराधना गरिरहेका थिए त कोही स्नान नै गरिरहेका थिए ।