माफ गर है निर्मला माफ गर
तिम्रै चित्कार गुन्जिरहन्छ वरपर
सुन्न पर्नेले सुन्दैन, बुझ्न पर्नेले बुझ्दैन
गरिबको जूनी सस्तो भो, न्याय मरेको जस्तो भो
केहि गर्दा नि सकिएन न्याय दिलाउन
माफ गर है निर्मला माफ गर...
तिम्री आमा रुँदा रुँदै सुकि सक्यो आँसु
तिम्रै पीरले ज्यान सुकेर भाछ आधा मासु
तिम्रो न्यायका लागि सयौं ढोका ढक्ढक्याएँ छोरी
तिम्रै यादको छट्पटीले बेहोस भैयो कयौं चोटी
तिम्रो फोटो बोकी जनता निस्के देशैभरी
न्याय बिक्ला भनि गरिरहे खबरदारी
सत्ताले बाटो बिरायो, लोकको विश्वास गुमायो
जुलुसको आवाज सुनेन, बन्दको शक्ति बुझेन
केहि गर्दा नि सकिएन सकिएन
माफ गर है निर्मला माफ गर...
देशका छोरीहरुमा देख्छु म तिम्रै मुहार
तिनलाई अप्ठेरो परे बरै कसले देला गुहार
तिम्रो खुनी छाति खोलि घुमिराछ गाउँ घर
तिमी जस्तै छोरी चेलीलाई हिड्न भाछ डर
सत्य भुले कि त कानुनैको रखवालाले
दोषी कसरी पो पत्ता लाग्ला यस्तो चालाले
पीडा है बुझ्ने कोहि छैन्, पुकार सुन्ने कोहि छैन्
सत्यको ढोका बन्द भो, न्याय नै आज धन्दा भो
केहि गर्दा नि सकिएन न्याय दिलाउन
माफ गर है निर्मला माफ गर...
शब्दः राजु बाबु श्रेष्ठ
स्वर तथा संगीत हरि लम्साल