कोभिड–१९, कोरोनाको भाइरसाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।
सरकारले अत्यावश्यक काम र सेवालाई राकेको छैन तर सडक र चोकहरु सुनुसानप्रायः छ । निषेधाज्ञाका बीचमा अत्यावश्यक खाद्यवस्तुको पसलहरु पनि थोरै समयको लागि मात्र खुल्छन् ।
मान्छे र वर्गअनुसार अत्यावश्यक काम भन्ने फरक–फरक हुन्छन् । हामी काठमाडौंका केही ठाउँ पुग्दा निम्नवर्गका र कम आय भएका सर्वसाधारण बढी रुपमा निषेधाज्ञाका बीचमा बाहिर निस्केका पायौं । उनीहरु कोही पानी लिन जाँदै, कोही पानी बोकेर फर्कदैं, कोही नाम्लो बोकेर मजदुरीमा लाग्दै, कोही बन्द पसलमा भित्रि ढोकाबाट सामान लिँदै गरेको भेट्यौं ।
ज्यामी मजदूरी गर्न निस्केकालाई प्रहरीले बीच सडकको घेरामा राखेर केरकार गर्दै, सम्झाउँदै गरेको पनि देख्यौं । तर त्यतिबेला प्रहरीसमक्ष मजदुरीका लागि हिँडेकाहरुले अनुरोध गरिरहेका थिए, ‘हाम्रो अफिस त छैन सर, तर हामी पनि काममा नै जान लागेका हौं ।’
तर केहीले भने प्रहरीसमक्ष विश्वासिलो कारण दिन सकेका थिएनन् । केही समय सम्झाएर प्रहरीले छोडेपछि हामीले सोध्दा ‘हामी यस्तै त हो नि ब्रो’ भनेर टुक्कामा जवाफ फर्काए ।