काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी -नेकपा_ले १३ भदौमा सचिवालय बैठक बोलाउने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले सचिवालयको बैठक १३ भदौमा बोलाएको हो ।
सचिवालय बैठक भदौ १३ गतेलाई तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । भदौ ६ गते महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो । अध्यक्षद्वयले यसलाई प्रस्ताव बनाएर सचिवालयमा पेस गर्ने कार्यसूची छ ।
अब बस्ने सचिवालयले स्थायी कमिटी बैठकको मिति तोक्नेछ । स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरूद्ध छ ।