काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ समायोजित तालिकाअनुसार भदौ ९ गते (मंगलबार)बाट पुनः उद्धार उडान सुरु गर्ने भएको छ । यसअघि होटल क्वारेटिनको व्यवस्था हुन नसकेको भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विदेशबाट श्रमिक ल्याउन रोक लगाएको थियो । भदौ ४ गते स्थगित गरिएका उडान पुन: सुरु गर्ने निर्णय गरिएको हो ।
उडानको समायोजित तालिकाअनुसार भदौ १० गते फ्लाई दुबईले आवुधावीबाट उडान गर्नेछ । ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलायन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उडान भर्नेछन् । पर्यटन मन्त्रालयले टर्किस र कतार एयरलाइन्सलाई भने एक पटकमा सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने गरी निर्देशन दिएको छ ।
मन्त्रालयका अनुसार नेपाल र हिमाालयन एयरलाइन्सले १२ गते क्वालालम्पुरबाट उडान गर्नेछन् भने कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । सिल्क एयरले १३ गते अस्ट्रेलिया र कोरियन एयरले कोरियाबाट उडान गर्ने निश्चित भएको छ ।
त्यस्तै, १४ गते नेपाल, हिमालयन र मालिन्दो एयरलाइन्सले क्लालाम्पुरबाट एकसाथ उडान गर्नेछन् । १५ गते नेपालले दुबई र हिमालयनले आबुधावीबाट उडान गर्नेछन् । नेपाल एयरलाइन्सले भदौ १६ गते कतार र दुबईबाट उडान गर्नेछ । हिमालयनले कतारबाट उद्धार उडान गर्नेछ ।
नियमित उडान हुँदै
सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारी निर्णयअनुसार पिसिआर परीक्षण सहज भएका मुलुकबाट नियमित र पिसिआर सहज नभएका मुलुकबाट उद्धार चार्टर उडान गरिनेछ । सरकारको निर्णयअनुसार नै भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वाइडबडी ए–३३० जहाजले दैनिक दुई तथा न्यारोबडी ए–३३० जहाजमार्फत उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन् । त्यस्तै, नेपालीसहित विदेशी एयरलाइन्सले तालिकाअनुसार उडान भर्नेछन् ।
- सरकारले नियमित उडानका लागि उडान अनुमति नभएका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिस भएको नामावलीबमोजिमका श्रमिकलाई चार्टर उडान गरेर ल्याउने मन्त्रालयले जनाएको छ ।
पिसिआर सहज नभएका मुलुकहरू साउदी अबर, कतार र कुवेतलगायतका मुलुकबाट नियमित उडानमार्फत यात्रु ल्याउन पाइनेछैन । चार्टर उडान गरी त्यहाँ रहेका श्रमिकलाई स्वदेश फर्काइनेछ ।
सरकारले नियमित उडानका लागि उडान अनुमति नभएका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिस भएको नामावलीबमोजिमका श्रमिकलाई चार्टर उडान गरेर ल्याउने मन्त्रालयले जनाएको छ ।
पिसिआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्टे«लिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गरिनेछ । यसरी आउने यात्रुको ७२ घण्टाभित्र पिसिआर टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनु पर्नेछ । पिसिआर परीक्षण गरेका र नगरेका यात्रुहरू एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ । त्यसको सबै खर्च एयरलाइन्सले बेहोर्नुपर्छ ।
- पर्यटन मन्त्रालयका अधिकारीका अनुसार कोरोना संक्रमणको दर कम भएका र पिसिआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरूलाई रिपोर्ट नेगेटिभ भएको अवस्थामा मात्रै नेपाल ल्याइने र उनीहरू होटल क्वारेन्टिनमा भने बस्नु पर्दैन ।
पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहेकाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर उडान गरिनेछ ।
पर्यटन मन्त्रालयका अधिकारीका अनुसार कोरोना संक्रमणको दर कम भएका र पिसिआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरूलाई रिपोर्ट नेगेटिभ भएको अवस्थामा मात्रै नेपाल ल्याइने र उनीहरू होटल क्वारेन्टिनमा भने बस्नु पर्दैन ।
पिसिआर गरेका यात्रुहरूले सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाएमा १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइनेछ । तर, पिसिआर परीक्षण सहज नभएका श्रमिकहरू भने नेपाल फर्किएपछि सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यहाँ बस्दा लागेको खर्च आफंैले बेहोर्नुपर्नेछ ।