अमेरिकामा डेङ्गुको रोकथामका लागि लामखुट्टेलाई नै लामखुट्टेसँग जुधाइदैंछ । यसको लागि अमेरिकाको फ्लोरिडामा ७५ करोड वंशाणु परिमार्जन गरिएको लामखुट्टे छाड्ने तयारी भइरहेको छ ।
डेङ्गु र जिका नामको भाइरस फैलाउने लामखुट्टेलाई स्थानीय स्तरमा न्यूनीकरण गर्न यस्तो गर्न लागिएको हो । केही वर्षदेखि पर्यावरण विशेषज्ञबीच यसरी लामखुट्टे छाड्दा परिस्थिति झन् बिग्रन सक्ने भन्दै बहस हुँदै अँएको थियो ।
उनीहरुबीच यसको जिम्मेवारी कसले लिने भन्ने बारेमा चर्काचर्की परेपनि अहिले यो पाइलट प्रोजेक्ट स्वीकृत भएको छ । दक्षिण फ्लोरिडामा लामखुट्टेको आतंक बढेसँगै यो योजना आएको हो । फ्लोरिडामा लामखुट्टेको संख्या वृद्धिसँगै किटनाशक विषदीको समेत लामखुट्टेमा असर देखिन छाडेको छ ।
लामखुट्टेले कसरी मार्छ अर्को लामखुट्टे ?
यसका लागि अमेरिकी वैज्ञानिकहरुले प्रयोगशालाबाट एक विशेष प्रोटिन भएको लामखुट्टे तयार पारेको छ । यो बंशाणुगत रुपमा परिमार्जन (जेनेटिकल्ली मोडिफाइड) गरिएको लामखुट्टे हो । खानका लागि फूलको रसमा निर्भर हुने यसले मानिसलाई टोक्दैन । तसर्थ मान्छेको ज्यान लिनेगरी डेङ्गु लगायत रोग फैलाउने काम यसले गर्दैन ।
यस खालको लामखुट्टेलाई पहिलेदेखि रहेका प्राकृतिक लामखुट्टे बढी रहेको स्थानमा छाडिनेछ । त्यसपछि प्रयोगशालाबाट बनेको लामखुट्टे प्राकृतिक लमखुट्टेसँग प्रजनन कार्यमा सहभागी हुनेछ । त्यसबेला सो नयाँ लामखुट्टेमा भएको विशेष प्रोटिन डेङ्गु फैलाउने लमखुट्टेको शरीरमा प्रवेश गर्नेछ ।
यस प्रजननबाट जन्मने नयाँ लामखुट्टे कमजोर हुनेछ । जुन मानिसलाई टोक्न जानसक्ने उमेरभन्त्दा अघि नै मर्छ । यसरी प्रोगशालाबाट बनेको लामखुट्टेको बंशाणु फैलदैं जान्छ तब डेङ्गु फैलाउने लामखुट्टेको संख्या घट्दै जाने विश्वास लिइएको छ ।
कसरी अभ्यास हुँदैछ फ्लोरिडमा यो प्रोजेक्ट ?
गत मेमा अमेरिकाको एनवार्यनमेटल एजेन्सीले बेलायतको अक्सीटेकलाई बंशाणु परिमार्जन गरिएको लामखुट्टे तयार पार्ने अनुमति दिएको थियो । सो निर्णय अनुसार प्रयोगशालामा आ एक्स ५०३४ नामको एडीज इजिप्टी लामखुट्टे तयारु हुनेछ ।
जसलाई सन् २०२१ म फ्लोरिडाको एक आइल्याण्डमा प्रयोग गरिनेछ । दुई वर्षको अवधिमा ७५ करोड यस्ता लामखुट्टे छाड्ने योजना त्यहाँको सरकारले गरेको छ ।
विवादको विषयः पर्यावरणमा के हुन्छ ?
सामाजिक अभियन्ताहरुले भने यसबारे फरक फरक मत दिएका छन् । एक समूहले यस्तो गर्नु पर्यावरणविरुद्ध भएको बताइरहेका छन् । यसले इकोसिस्टममा नकारात्मक असर पर्ने र यस्ता लामखुट्टेको वंशाणुमा कुनै किटनाशकले असर गर्न नसक्ने हुँदा पछि यसैको संख्या वृद्धि भएर समस्या हुनसक्ने तर्क छ ।
तर अक्सिटेक कम्पनीले भने कुनै नकारात्मक असर नपर्ने दावी गर्दै आएको छ । कम्पनीले ब्राजिलमा भएको अनुसन्धान सकारात्मक रहेको जनाएको छ । अक्सिटेकले पछिलो वर्षमा १० लाख यस्ता लामखुट्टे छाडिसकेको बताउँदै कुनै खतरा वा नोक्सान नभएको जिकिर गरेको छ ।
सरकारी अनुसन्धानले पनि यही निश्कर्ष निकाल्दै प्रोजेक्ट सुरु गर्न लागेको हो । २०२१ म फ्लोरिडापछि टेक्सासमा पनि यो प्रोजेक्ट चलाउने योजना अमेरिकी सरकारको छ ।
एजेन्सीको सहयोगमा