एजेन्सी - स्पेनीस क्लब बार्सिलोनाका स्टार खेलाडी लिओनेल मेस्सीले आफ्नो क्लब बार्सिलानालाई आफ्नो ट्रान्सफर गर्नका लागि अनुरोध गरेका छन् ।
मेस्सीले बार्सिलोनालाई आफुले यँहि गर्मी सिजनमा क्लब छोड्न चाहेको र क्याम्प नोउमा उनको करार समाप्त भएको कुरा बताएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
पछिल्लो समय मेस्सीको बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग राम्रो सम्बन्ध छैन् । यस कारण पनि उनले क्लब छोड्ने निर्णय लिएको बताइन्छ ।
मेस्सीको गत मे महिनामा नै बार्सिलानासँगको करार सम्झौता समाप्त भैसकेको छ । मेस्सीको निर्णयलाई लिएर बार्सिलानाले आकस्मिक बैठक पनि बसिरहेको छ ।
मेस्सीले बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोइमनसँग भेट गरेपछि उक्त निर्णय गरेको टीवाइसी स्पोट्र्सले जनाएको छ ।
मेस्सीले अब लामो समय बार्सिलोनामा नरहने निर्णय गरेसँगै म्यान्चेस्टर सिटी, इन्टर मिलन तथा नेवेलको ओल्ड ब्वाईज जस्ता क्लबले मेस्सीको यो कुरालाई चासोका साथ लिइरहेका छन् ।
बार्सिलोनाका अध्यक्ष बार्टोमेउले राजिनामा दिएको खण्डमा उनी बार्सिलोना नै बस्ने पनि कतिपयले अनुमान गरेका छन् ।