काठमाडौं - चितवन जिल्लामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा तीन जना रत्ननगर नगरपालिकाका, एक जना खैरेनी नगरपालिकामा र ३६ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।
भरतपुर अस्पतालमा गएराति आएको रिर्पोटको परिक्षणमा यी नगरपालिकाका विभिन्न वडाका मानिसमा कोरोना पुष्टि भएको बताइएको छ ।
पछिल्लो समय समुदायस्तरमा नै फैलिएको कोरोना चितवन जिल्ला पनि हटस्पट बन्दै गइरहेको छ ।