काठमाडौं – बैदेशिक अध्ययनका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) खुलाउन मन्त्रीपरिषद सकरात्मक देखिएको छ । मगंलबार बसेको मन्त्रीपरिषदको बैठकमा एनओसी खुलाउने सम्बन्धमा कुरा भएको शिक्षा मन्त्रालयसम्बन्धित श्रोतले जानकारी दिएको छ ।
‘‘एनओसी खुलाउनेबारे निर्णय भएको छ’’, शिक्षा मन्त्री निकट श्रोतले भन्यो, ‘‘तर, यसबारे आधिकारीक निर्णय भने बाहिर ल्याईएको छैन् ।’’ एनओसी सम्बन्धीत केहि व्यवहारिक र प्राविधीक बिषयका कारण निर्णय बाहिर नल्याईएको उनले बताए ।
मन्त्रीपरिषदमा एनओसी खुलाउने सन्दर्भमा निर्णय भएको अनौपचारिक जानकारी पाएको भएपनि आधिकारिक रुपमा भने केहि सुचना नआएको नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)का अध्यक्ष प्रकाश पाण्डेले बताए । ‘‘एनओसी खुल्ने कुराले व्यवसायीहरु उत्साहित छन्’’, उनले भने, ‘‘तर, महामारीको अवस्थामा धेरै कुराहरु सोचेर अघि बढ्नुपर्ने हुन्छ ।’’
एनओसी खुल्नु मात्र समाधान नभएको बताउदै ईक्यान अध्यक्ष पाण्डेले अन्य धेरै पाटोबाट सोचेर अघि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । ‘‘कोभिड–१९ संक्रमणबाट सबै मुलुकहरु मुक्त भइसकेका छैनन’’, उनले थपे, ‘‘आज विद्यार्थी पठाएर मात्र हुँदैन, भोली उद्वार गरेर नेपाल फर्काउनुपर्ने अवस्था आयो भने सबैलाई अप्ठ्यारो हुन्छ ।’’