यो विश्वकै पहिलो फोटो हो । १ सय ९४ वर्ष पहिले खिचिएको यो फोटो एक झ्यालबाट खिचिएको थियो । एसफल्ट (अलकत्राजन्य वस्तु)को कालो प्लेटमा लिइएको यो पहिलो फोटो सन् १८२६ मा फ्रान्सका आविस्कारक जोसेफ नाइसफोर र उनका साथी लुईस डगेरले खिचेका हुन् ।
रोचक कुरा त के छ ने उनीहरुले अफ्नो आधा उमेर यसै फोटोको लागि समर्पित गरेका थिए । यी दुईको फोटो खिच्ने उपलब्धीलाई अहिले विश्वले ‘डगेरोटाइप’ प्रोसेस नामबाट बुझ्दछन् ।
१३ वर्षपछि सन् १८३९ को जनवरी ९ को दिन ‘फ्रेन्च एकेडेमी अफ साइन्स्’ले यो फोटोलाई मान्यता दिएको थियो । त्यसको केही दिनपछि १९ जनवरीमा फ्रान्सको तत्कालिन सरकारले कसनै प्रतिलिपी अधिकारविना यो आविस्कार र प्रविधि–सुत्र संसारलाई उपहार दिने घोषणा गरे । यसैदिन र आविस्कारकहरुलाई सम्झदै अगस्ट १९ लाई विश्व फोटोग्राफी दिवसको रुपमा सम्मान गरिएको छ ।
पहिलो फोटोको अनेक कथा
१७६५ मा जन्मेका जोसेफ नाइरफोर पूर्वी फ्रान्सको सेन्ट लुप डे वेरेनीज कसवेमा बस्दथे । एक धनी वकिलको छोरो तथा नेपोलियन बोनापार्टको सेनाको अफिसर समेत बनेका नाइसफोर एक समय प्रोफेसर समेत बनेका थिए । कलामा रुची रहेको उनले विज्ञानको मदतले फोटोग्राफी मेसिन बनाउन जुटेका थिए ।
फोटो म्युजियमका अनुसार १८२६ मा जोसेफले पहिलो फोटो खिचेका थिए । अहिले फोटो खिच्नुअघि के फोटो खिच्ने भनेजस्तो त्यसबेला कुनै योजनामा यो फोटो खिचिएको थिएन ।
सेन्ट लुप डे वेरेनीज कसवेमा आफ्नो घरको पहिलो तल्लाको झ्यालमा उभिएर जोसेफले खिच्दा झ्यालबारिअ जे जे देखिन्थ्यो ती फोटोमा खिचिए । तर यही समयले नै इतिहास बनायो, ‘भिउ फ्रम दि विन्डो एट लभ ग्रास’को नाममा ।
६ वर्ष लगाएर लिएको थियो विश्वको पहिलो फोटो
पहिलो फोटो खिच्नुअघि जोसेफ नइसफोर र उनका साथी लुइस डागेरले ६ वर्षअघि सन् १८२० देखि मेहनत गरिरहेका थिए । दुवैले टिन र तामाको पातामा फोटो उतार्ने प्रयास गरेका थिए । यसमा सफल नभएपछि अलकत्राजन्य बिटुमिन एसफाल्ट अर्थात् डामरको प्रयोग गरेका थिए ।
दुवै आफ्नै घरमा अलग अलग केमिकललाई प्लेटमा फैलाएर घामको किरणको मददबाट फोटो लिने तरिकाको विकास गर्न लागेका थिए । १८ औं शताब्दीमा क्यामेरा त बनेको थियो फोटो डेभलप गर्ने प्लेटको समस्या भने पछिसम्म पनि थियो ।
यसको समाधाज निकाल्नका लागि १८२० मा यी दुई मिलेर डागेरोटाइप प्रक्रियाको विकास गरे । डागेरोटाइप शब्द लइस डागेरको थरका साथ बनाइएको
थियो । यसपश्चात् पनि पहिलो फोटो लिन ६ वर्ष लाग्यो ।
यसरी पहिलो फोटो लिँदा पनि ८ घण्टा लागेको थियो । आक्सक्युरा नाकमो ठूलो क्यामेरा प्रयोग गरिएको थियो । डागेरोटाइप संसारको पहिलो फोटोग्राफी प्रक्रिया हो, जसले १८३९ मा आम मानिसको फोटो खिचिएको थियो । यसको मदतबाट केही मिनेटमै सफा तस्वीर खिच्न सकिने भएको थियो ।
एजेन्सीको सहयोगमा
यो पनि पढ्नुहोस
को थिए हिटलरको हुकुम नमानी हात बाँधेर उभिने ?