निषेधाज्ञा होस वा लकडाउन, पशुपतिनाथ परिसरका दिनचर्या उस्तै देखिन्छ । विशेषतः बागमती आर्यघाटमा दाहसंस्कार र अन्त्येष्टिलाई निषेधाज्ञाले कुनै असर पार्दैन । त्यही हो सामान्य अवस्थामा जस्तो मलामीहरुको ताँती भने अहिले देखिदैन । तर आएका थोरै मलामीहरुलाई पानी, चिया बेचेर गुजारा गर्नेहरु भने आउन छाडेका छैनन् ।
सर्वसाधारणका लागि मन्दिर नखुलेपनि यहाँ नियमित पूजापाठ हुँदै आएको छ । पशुपति परिसरभित्रै आफ्नो दैनिक जीवनयापन गर्नेहरुको समुदाय नै छ । साधु, सन्त, पूजारी, घाटे र तिनका परिवारहरुको दिनचर्या पहिलेजस्तै नै देखिन्छ ।
बागमतीमा पौडी खेल्दै रमाइरहेका बालकहरु देख्दा त्यहाँ कुनै निषेधाज्ञा छ भन्ने लाग्दैन । उनीहरु यी सब कुराको पर्वाह नगरी स्वच्छन्द पौडिरहेका छन् ।
यद्यपी प्रशासनले बुधबार पुनः सात दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।