‘शैली संवाद’मा नेपाली संगीत तथा कलाका क्षेत्रमा सक्रिय रहेका नृत्याङ्गना र कलाकार नारायणदेवी प्रधानसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकनीको सम्पालित अंक यहाँ प्रस्तुत । ‘शैली संवाद’ शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुँदै आएको छ । यसको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
तपाईं नृत्यसँग कसरी जोडियो भयो ?
म पाटनमा जन्मेकी, हुर्केकी हुँ । म आठ बर्षकी हुँदा हाम्रो टोलमा एउटा संस्था खोलियो । जहाँ टोलका सबै घरबाट कम्तिमा एकजना जम्मा भएर, नाच्ने, गाउने, बजाउने तालिम दिने भनियो । म नाच्ने विधामा परे । त्यतिखेर केटासँग नाच्ने चलन थिएन, अझ घरबाट बाहिर निस्कनै गाह्रो अवस्थामा त्यसरी नाँच्न जानु सहज थिएन । बढेको छोरीलाई त कसले पठाओस, बच्चाले पनि नाच्न, गाउन, राम्रो मानिदैन्थ्यो । त्यसको बाबजुद पनि मेरो दाइले मलाई त्यहाँसम्म पुर्याउनु भयो ।
तालिम लगत्तै एउटा सांस्कृतिक कार्यक्रम हुने भयो । केटी नै केटा बनेर नाच्नुपर्ने । पहिलोचोटी तामाङ सेलोमा नाचेकी थिएँ । मेरो गुरुले मेरो घरमा आमासँग देवी देवताको नाच मात्र सिकाउने हो भनेर मनाउनु भएको थियो । यता केटीमान्छे नै केटा भएर मलाई तामाङ सेलोमा नाचेको देखेर आमाले मलाई अर्को दिन जानै दिनुभएन । गुरुसँग झगडा गर्न थाल्नु भो । पछि ५÷६ महिनापछि कसोकसो गरेर मेरो दाइले फेरि त्यहाँ पुर्यााउनु भयो । संघर्ष भने गरिरहनु पर्यो ।
एउटा नृत्याङ्गनालाई त्यतिखेर र अहिले समाजले हेर्ने नजरमा कत्तिको फरक पाउनुभएको छ ?
त्यतिखेर समाजमा छोरी मान्छेले नाच्नु हुँदैन भन्ने मान्यता थियो । टोल छिमेकी, आफन्तहरुले कहिल्यै राम्रो भनेनन् । सानो हुदाँसम्म ठिक थियो, ठूलो भएपछि नाच्न जानु हुँदैन भन्न थालियो । म त्यस परिस्थितिबाट आएको हुँ । अहिले धेरै समय धेरै परिवर्तन भएको छ ।
यदाकदा अझैपनी नराम्रो भन्ने त छन् । मुखले अगाडि भन्न सक्दैनन्, पछाडि कुरा काट्छन् । बुझ्नेहरु त आफै छोराछोरी लिएर आउँछन् । अनि तपाई जस्तै बनाइदिनुभन्दा औधी खुसी लाग्छ । मैले राम्रै काम सिकेको रैछु भनेर आत्मसन्तुष्टि मिल्छ । उबेला हामीलाई निःशुल्क सिकाउँछु भन्दा जान पाइदैनथ्यो, अहिले पैसा तिरेर सिक्न आउछन् भनेसी समय कति फेरिएछ हामी सजिलै अड्कल गर्छौ ।
अहिलेको शास्त्रीय नृत्य देखेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सत्य भन्नुपर्दा अहिलेको शास्त्रीय नृत्य देखेर मलाई रुन मन लाग्छ । जस्तो हामी लोक नाच गर्छौ, त्यसमा हामी आफ्नो किसिमले यताउती गर्न पाइन्छ । तर शास्त्रीय नृत्यमा त्यो छुट छैन । शास्त्रमा जे भनिएको छ, सोहीअनुसार गर्नुपर्छ । भेषभुषा, सुर, ताल, भाव अनुसार गर्ने हो । यसमाम निर्देशकले पनि तलमाथि गर्न पाउदैन ।
अहिले भन्छन् शास्त्रीय नाच तर तालमेल केही मिलेको हुँदैन । एकचोटि नाच हेर्न नसकेर उठेर पनि हिडेकी छु । यसरी शास्त्रीय नृत्यलाई बिगार्ने काम भएको छ । यस्तो नगर्दिनुस । हाम्रो संस्कृति नबिगर्दिनुस । मेरो आग्रह छ । शास्त्रीय नृत्य गर्नुछ भने नियम पूर्वक, विधि पुर्याएर गर्नुस ।
शास्त्रीय नृत्यप्रति अहिलेको पुस्ताको आकर्षक घट्दै गएजस्तो लाग्दैन रु यसको महत्त्व हराउँदै गएको हो ?
एकताका त लोप होला जस्तै भएको थियो । शास्त्रीय भनेपछि मान्छेले त्यति ध्यान दिएनन् । यो अरु जस्तो तडकभडक हुँदैन, स्लो हुन्छ । अहिलेको बच्चाहरुलाई स्लो गर्नै मन लाग्दैन । हराएरै गएको जस्तो भयो । तर यहाँ नबुझेर हो । बिदेशतिर हाम्रो शास्त्रीय नृत्यलाई खुब रुचाइन्छ । एक चोटि हेरेर पुग्दैन अर्कोचोटी पनि नाच हेर्न रुचाउँछन् । हामीले थुप्रै ठाउँमा नृत्य देखाएका छौं । त्यहाँको मान्छेले खुब तारिफ गरेको थिए ।
पछिल्लो समय नेपालमा पनि शास्त्रीय नृत्यको खोज हुन थालेको छ । मान्छेहरु खोजीखोजी सिक्न आउन थालेको छन् । शास्त्रीय नृत्य सिकाउने गुरुहरुको खोजी हुन थालेको छ । अब फेरि शास्त्रीय नृत्यको दिन आएको जस्तो लाग्छ । अब यो माहोल रहिरहन्छ होला ।
तपाईं नाटकसँग कसरी जोडिनुभयो ?
हुन त म नृत्य गर्ने मान्छे । नाटक पनि गर्ने मन भयो । २०४२/४३ सालतिर एउटा नेवारी नाटकबाट सुरु गरेकी हुँ । एकेडेमी मा देखाइएको त्यो नाटक त्यतिखेर खुबै चल्यो । मान्छेहरुले खुबै रुचाए । मान्छे हाँसीहाँसी मुर्छा पर्नेसम्म भएका थिए । त्यसपछी नाटक गर्दै एँ ।
नाटक वा नृत्य गर्दाका यादगार कुनै घटना भए सुनाउनु न ।
त्यस्तो त थुप्रै घटना छन् । अहिले झट्ट सम्झिदा एकेडेमीमा एकचोटी हामी १०/१२ जनाले सामूहिक नृत्य गरिरहेका थियौं । त्यो ठूलो कार्यक्रम थियो, दरबारबाट राजकुमार पनि आउनुभएको थियो । नृत्य सुरु भएको १० मिनेट पनि प्राविधिक कारणले म्युजिक पुनः सुरुबाटै बज्यो । हामी त के गर्ने कसो गर्ने भयौं । त्यो १० मिनेट हामीले पुरै इप्रोभाईज गरेर नाचिरह्यौं । त्यसपछि बाँकी नाच देखायौं । दर्शकले त्यो मिस्टेक थाहा पाएनन् ।
जब नृत्य सकेर बाहिर निस्कियौं । सबैले गाली खाइएला भनेको स्याबासी पाइयो । राजकुमारलाई पनि हाम्रो नृत्य मन पर्योख रे । उहाँ खुसी भएकोले हामीले पुरस्कार स्वारुप १० हजार रुपैयाँ पाएका थियों । मलाई यो घटना निकै याद आउँछ । स्टेजमा काम गर्दा यस्ता घटना निकै हुने गर्छन् । यसबाट हामीले जान्ने कुरा के हो भने, स्टेजमा काम गर्दा हुने घटनालाई कलाकारले सम्हाल्न सक्नुपर्छ ।