रौतहट– इलाका प्रहरी कार्यालय, गरुडाले कर्तव्य ज्यान मुद्दामा हिरासतमा लिएका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको गत साउन ३१ गते राति घाँटी रेटी हत्या भएको थियो । भोलिपल्ट हत्या आरोपमा संलग्न रहेको भन्दै पक्राउ गरिएका जिगडियाकै १९ वर्षीय विजय रामको उपचारका क्रममा वीरगन्ज अस्पतालमा मृत्यु भएको हो ।
- छोरालाई भेट्न पाइनँ । उसलाई अस्पताल भर्ना गरिएको खबर पाएर भेट्न जाँदा समेत प्रहरीले अनुहार हेर्न दिएनन् । आजसम्म उसलाई कुनै रोग लागेको थिएन । अहिले कुटेरै मारिदिए ।’
तर, विजयका आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाएका छन् ।
‘प्रहरीको कुटाइबाट छोराको मृत्यु भयोे,’ विजयका बुवा पनिलाल महराले भने, ‘त्यसभन्दा अगाडि ऊ ठिकठाक थियो । तर, पक्राउ परेदेखि कस्तो थियो ? छोरालाई भेट्न पाइनँ । उसलाई अस्पताल भर्ना गरिएको खबर पाएर भेट्न जाँदा समेत प्रहरीले अनुहार हेर्न दिएनन् । आजसम्म उसलाई कुनै रोग लागेको थिएन । अहिले कुटेरै मारिदिए ।’
- मनोज रामले भने, ‘उसको किड्नी फेल भएको होइन । प्रहरीले पिटेर हत्या गरेको हो ।’
यता, दलित अधिकारकर्मी पनि प्रहरीको ज्यादतीबाट विजयको मृत्यु भएको बताउँछन् । प्रहरीले घटना र निरञ्जनको हत्यारालाई लुकाउन विभिन्न खेल खेलिरहेको दलित फाउन्डेसनका अभियन्ता मनोज रामको भनाइ छ ।
‘प्रहरी हिरासतमा लैजानुपूर्व निरोगी मान्छेको एकाएक किड्नी कसरी फेल हुन्छ ?’ मनोज रामले भने, ‘उसको किड्नी फेल भएको होइन । प्रहरीले पिटेर हत्या गरेको हो ।’
प्रहरीले पक्राउ गरेको भोलिपल्ट विजय बिरामी परेका थिए । स्वास्थ्यमा पिसाब र दिसासम्बन्धी समस्या देखिएपछि उनलाई गरुडास्थित अनमिका अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई वीरगन्ज लगिएको थियो ।
भदौ ४ गते उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज पठाइएकामा बिहीबार बिहान मृत्यु भएको गरुडाका डिएसपी ज्ञानकुमार महतोले बताए । उनले प्रहरी हिरासतमा विजयमाथि कुटपिट नभएको जानकारी गराए ।
‘यहाँ कुनै किसिमको कुटपिट भएको छैन । तर, हिरासतमा रहँदा उनलाई पिसाब फेर्न समस्या भएपछि नजिकैको अस्पतालमा लगिएको थियो । उपचार सम्भव नभएपछि उनलाई वीरगन्ज पठाएका हौं,’ उनले भने, ‘आरोप लाग्छन्, प्रमाणित हुनुपर्छ । नत्र यस्ता आरोप मात्रैले कसैलाई गलत भन्न पाइँदैन । दुवै किड्नीमा समस्या भएकाले उनको मृत्यु भएको हो ।’
निरञ्जन राम हत्या संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै विजयलाई प्रहरीले हिरासतमा कुटपिट गरेर घाइते बनाइएको जानकारी गराएको थियो । प्रहरीले हत्या आरोपमा विजयसहित सात जनालाई कर्तव्य ज्यान मुद्दा लगाएको छ । विजयका पत्नी र सात महिनाकी छोरी छन् ।