कुनै बेला विभेदविरुद्ध सशस्त्र क्रान्तिमा लागेकी एक महिलाको दर्दनाक कथा हो, यो । जो तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा होमिइन् । युद्धकै क्रममा सहयोद्धासित प्रेम भयाे । शान्ति प्रक्रियापछि विवाह भयो । विवाहपछि उनले चरम घरेलु हिंसा सहनुपर्याे । अन्नतः सुत्केरी अवस्थामा श्रीमानको कुटाइबाट उनले ज्यान गुमाउनुपर्याे ।
हो, यो अछाम रामाराशनकी मनसरा टमट्टा को कथा हो । कथा सुरु हुन्छ, यसरी ।
मध्यराति कसैले ढोका ढकढक्याउँदै भन्यो, ‘आन्टी, आन्टी...ढोका खोल्नू न ।’
गंगाले डराउँदै बिस्तारै ढोका खोलिन् । ढोकाबाहिर थिइन्, मनसरा । मनसराको शरीर पानीले भिजेको थियो । शरीरको कपडा च्यातिएको थियो ।
- शरीरका विभिन्न भागमा हँसियाको बिँडसम्मकै डामहरु देखेपछि गंगाले आक्रोशित हुँदै भनिन्, ‘ञ्याइँ त आओला त्यो !’
मनसरा गंगालाई अँगालो हालेर रुन थालिन् । गंगाले सोधिन्, ‘के भयो ? किन यति राति हिँडेकी ?’ मनसरा आत्तिएकी थिइन् । अनुहारमा खलखल पसिना बगिरहेको थियो । जवाफ फर्काउन सकिनन् । गंगाले मनसरालाई बिस्तार कोठाभित्र लगेर ओछ्यानमा सुताइन् ।
उनी रातभर निदाउन सकिनन् । छटपटीमै बित्यो रात ।
बिहान गंगा र मनसराबीच कुरा भयो । ‘त्यति राति कहाँबाट आएकी ?’
‘घरबाटै, ’रुन्चे स्वरमा मनसराले जवाफ दिइन् ।
‘किन, के भयो र ?’
- ‘अधमरो बनाएर पुगेन तँलाईं । अब यसलाई मारेर फाल्नका लागि साथ लिन आएको होस् ?’ मानसिंह कड्किए ।
‘खाना खान्तक काँमाटी आइकन कुट्न लाग्यो । आँसी (हँसिया)ले पिठ्युँमा हान्न लाग्यो । उथा ञ्या आयाकी हुँ ।’
‘धई, धई (खै–खै) धेका त,’ गंगाले पिठ्युँ हेरिन् ।
शरीरका विभिन्न भागमा हँसियाको बिँडसम्मकै डामहरु देखेपछि गंगाले आक्रोशित हुँदै भनिन्, ‘ञ्याइँ त आओला त्यो !’
मान्छेहरू भेला भए । निसाफको सवाल उठ्यो । गंगाले मनसराको घरेलु उपचार गरिन् ।
१० बजेतिर मनसराका श्रीमान् सुशील (ज्वाइँ) आइपुगे । मनसराका बुबा अर्थात् सशीलका ससुरा मानसिंहले ‘किन आएको ?’ भनेर सोधे ।
‘मनसरालाई साथ लिन आया हुँ,’ उनले भने ।
मानसिंहको रिसको पारो चढ्यो । ‘अधमरो बनाएर पुगेन तँलाईं । अब यसलाई मारेर फाल्नका लागि साथ लिन आएको होस् ?’ मानसिंह कड्किए ।
सुशील अवाक् भए । मानसिंहले फेरि भने, ‘तँलाई भाटे कारबाही गराउँछु । गाउँले बोलाएको छु ।’
- चार महिनापछि मनसरा सुत्केरी भइन् । उनलाई गोठमा राखियो । सिकिस्त बिरामी भइन् । बिरामीको कारण रहेछ, श्रीमानले गोठमै गएर उनलाई निर्घात कुटेका रहेछन् । कुटाइपछि निरन्तर रगत बगेको रहेछ ।
सुशील डरायो । एकैछिनमा गाउँभरिका मान्छे जम्मा भए । आइन्दा नपिट्ने भन्दै माफी मागेपछि मनसरालाई सुशीलको जिम्मा लगाएर पठाइयो ।
त्यतिबेला मनसरा पाँच महिनाकी गर्भवती थिइन् । उनलाई माइती छाडेर घर जान मन थिएन । किनकि, त्यसअघि पाँचपटक उनले यस्तै नियति भोगेकी थिइन् । यसपटक पनि माइती र माइती गाउँलेले उनलाई घर पठाइछाडे ।
त्यसको चार महिनापछि मनसरा सुत्केरी भइन् । उनलाई गोठमा राखियो । सिकिस्त बिरामी भइन् । बिरामीको कारण रहेछ, श्रीमानले गोठमै गएर उनलाई निर्घात कुटेका रहेछन् । कुटाइपछि निरन्तर रगत बगेको रहेछ । गाउँलेले थाहा पाएर धामीझाँक्री गरे । तर, उनलाई बचाउन सकेनन् ।
नौ दिनको बच्चालाई टुहुरो बनाएर मनसरा धरतीबाट बिदा भइन् ।
क्रान्तिकारी मनसरा
गाउँमा जन्मे हुर्केर्की । एक कक्षा मात्रै औपचारिक शिक्षा लिएकी । तर, समाजमा हुने विभेद, कुरीतिले मनसराको मन जल्थ्यो । चुनौतीकैबीच गाउँमा छाउपडी प्रथाविरुद्ध अभियान चलाउँथिन् ।
२०५९ सालको कुरा हो । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको प्रभाव देशव्यापी थियो । सागर नाम गरेका व्यक्ति त्यस क्षेत्रको माओवादी पार्टीका इलाका इन्चार्ज थिए । उनीसँगै सुशील पनि त्यो गाउँमा आएका थिए । उनीहरु दुवै जनाले सर्वसाधारणलाई प्रशिक्षण दिए । परिवर्तनका लागि युद्धमा होमिन युवालाई आग्रह गरे ।
- श्रीमानको कुटाइ सहन नसकेर मनसरा माइत जान्थिन् । माइतीले फकाइफुल्याइ घर पठाउँथे । अन्नतः ‘क्रान्तिकारी मनसरा’को ‘क्रान्तिकारी श्रीमान’को कुटाइबाट ज्यान गयो ।
सागर र सुशीलको कुराले मनसरा प्रभावित भइन् । र, विभेद, असमानताविरुद्ध युद्ध लड्ने निष्कर्षमा पुगिन् ।
युद्धका विभिन्न सिलसिलामा सुशीलले असमानता र महिला हिंसाविरुद्ध निकै उत्प्रेरक भाषण दिन्थे । जुन भाषणबाट मनसरा प्रभावित भइन् ।
जनसांस्कृतिक फाँटमा रहेर काम गरिरहेकी मनसरा र सुशीलको केमेस्ट्री मिल्यो । उनीहरु सँगैसँगै छाउगोड भत्काउँदै हिँडे । महिला हिंसा गर्ने पुरुषमाथि भाटे कारबाही गर्दै हिँडे । क्रमशः उनीहरुबीच प्रेम भयो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि सुशील र मनसराबीच बिहे भयो । मनसरासित बिहे गरेका सुशीलका परिवारले रुचाएनन् । युद्धमा हिँडेकी केटीको भर हुँदैन भन्दै घरमा बस्न दिएनन् । जबर्जस्ती घर गरिरहेकी मनसरालाई सुशीलले पनि हेला गर्न थाले ।
दिनहुँजसो कुट्न थाले । श्रीमानको कुटाइ सहन नसकेर मनसरा माइत जान्थिन् । माइतीले फकाइफुल्याइ घर पठाउँथे । अन्नतः ‘क्रान्तिकारी मनसरा’को ‘क्रान्तिकारी श्रीमान’को कुटाइबाट ज्यान गयो ।