वासिङ्टन– युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा १ करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिकाविरीत रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
भिडियोका बारेमा प्राप्त उजुरी र आफैंले गरेको मूल्यांकनका आधारमा ती भिडियोहरु हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरु हटाइएको हो ।
कम्पनीले यसअघि सन् २०१९ मा ९० लाख भिडियोहरु मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक भिडियोहरु हटाइएको कम्पनीको तथ्यांकमा छ ।
‘समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दक्खल पार्ने निष्कर्षका साथ हामीले हटाएका छौं,’ कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ