झापा– साहित्य चौतारी झापाले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ पुरस्कार स्थापना गरेको छ । चौतारीको आज बसेको बैठकले घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारीको स्थापनाकालदेखि हालसम्म पु-याएको योगदानको सम्मान गर्दै उक्त पुरस्कार स्थापना गरेको हो ।
१ लाख ११ हजार १ सय ११ राशिको अक्षयकोष स्थापना गरिएको चौतारीका संस्थापक अध्यक्ष तथा संरक्षक देवीभक्त श्रेष्ठले बताए । उनले अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष चौतारीको वार्षिकोत्सवको अवसर पारेर साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पु-याउने व्यक्तिलाई ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ बाट पुरस्कृत गरिने जानकारी दिए ।