काठमाडौं– कोभिड १९ को महामारी सुरु भएदेखि सडक, चोक, टोलहरुमा नयाँ नयाँ सूचनाहरु देखिए । ‘साबुनपानीले हात धोऔं’, ‘कोरोनाका कारण मन्दिर बन्द गरिएको छ’ देखि ‘कोरोना प्रभावित क्षेत्र’ भन्नेजस्ता सूचनाहरु पम्पलेट तथा तुलहरु देखिए ।
चैतमा लकडाउनपछि चलिरहेका साना ठूला व्यापार–व्यवसाय बन्द भए । काठमाडौंमा सटर भाडामा लिएर साना व्यापार–व्यवसाय गर्नेहरु धेरै काठमाडौंबाहिर रहेको आफ्नो स्थायी थलोतिर लागे ।
लकडाउन खुकुलो हुन थालेपछि धेरै काठमाडौं फर्किए पनि कोरोना प्रभाव भने घटेन र ती व्यवसायहरु खुल्न थाले पनि ग्राहकहरु भने पसल कवलसम्म पुग्न मुस्किलै भयो । पुनः निषेधाज्ञाले त झनै मार परेकै छ ।
आफ्नो व्यवसाय र जीविकोप्रति सबै चिन्ता बढ्दो छ । यससँगै काठमाडौंका सटरहरुमा ‘पसल बिक्रीमा छ’ भन्ने थुर्पै सटर अगाडि सूचना झुन्डिन थालेको छ ।
त्यस्तैऽ कोरोना समयमा सहज हुनका लागि धेरै विद्यार्थी, पेशाकर्मी आफ्नो स्थायी थात्थलोतिर लागेपछि काठमाडौंमा भाडाका कोठाहरु खाली हुन थाले । आफै बस्न पनि आउन नसकिने र कार्यालयका कामहरु पनि नहुने अवस्थामा भाडा मात्र तिर्नुपर्दा मार पर्ने नै भए । त्यसैले सामानहरु अन्यत्र स्टोर गरेर कतिपय नीजि बासका लागि लिइएका र कार्यालय प्रायोजनका लागि लिएका कोठा, फ्याटहरु छोडे ।
यससँगै अहिले काठमाडौंको धेरै ठाउँमा ‘टु–लेट’ टाँसेर कोठा खाली छ भनेर सूचनाहरु प्रशस्त देखिन थालेका छन् । तर यो बेला भएकाले त छोडिरहेका छन् भने, अरु को आउला र ‘पसल बिक्रीमा’ खरिद गर्ला, कसले ‘टु–लेट’मा आएर कोठा भर्ला र ?
हेरौं यस्तै कथा बोकेका केही प्रतिनिधि फोटोहरु