पोखरा– यस वर्षको गजल प्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखराद्वारा गण्डकी प्रदेशका एक जना गजलकारलाई प्रदान गरिने पुरस्कार यस वर्ष तनहुँका गजलकार भट्टराईलाई प्रदान गरिने सन्ध्याका अध्यक्ष मोहन भण्डारीले बताए ।
सन्ध्याका सल्लाहकार तथा पूर्वअध्यक्ष दीपक समीपको संयोजकत्वमा संस्थापक अध्यक्ष दिलीप दोषी र पूर्वअध्यक्ष बिर्सना बस्नेत सदस्य तथा अध्यक्ष मोहन भण्डारी र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजल सन्ध्याले डा. निरजलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित १ लाखको अक्षयकोषबाट प्रदान गरिने पुरस्कारमा नगद १५ हजार ५५५, सम्मानपत्र र दोसल्ला रहेको छ ।