काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दसैंपछाडि हुने भएको छ । कोभिड–१९ सङ्क्रमण बढ्न थालेकाले तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दसैं पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि पनिकाले भदौ १६ गतेबाट सेमेस्ट र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो ।
‘अहिलेको स्थितिमा दसैंअगाडि कुनै पनि परीक्षा गर्न सहज छैन,’ उनले भने, ‘अब वार्षिक अन्तर्गतका सबै परीक्षा दसैंपछि नै हुन्छन् ।’