हटौंडा– कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग आजदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन गरिएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।
सिमेन्ट उत्पादनका लागि कच्चापदार्थ तथा जनशक्तिको अभाव नरहेका उल्लेख गर्दै अहिले पूर्ण क्षमतामा नभई आंशिक रुपमा अर्थात् प्रतिदिन ९ हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी सञ्चालन गरिएको बताइएको छ ।
गत वर्ष २०७६ सालमा वैशाखदेखि फागुनमा उद्योग मेसिनमा खराबी कारण पटकपटक उद्योग बन्द भएको थियो । जसका कारण लक्ष्यअनुरुप सिमेन्ट उत्पादन नभई उद्योग घाटामा गएको हो । आर्थिक वर्ष २०७२/७३ देखि निरन्तर नाफामा गइरहेको सिमेन्ट उद्योग २०७५र७६ मा मेसिन खराबीका कारण लामो समय बन्द रहँदा घाटामा गएको बताइएको छ ।