आज शनिबार । नियमित समय हुन्थ्यो भने स्वाभाविक रूपमा रिफ्रेसको मुडमा हुने दिन हो आज । तथापि अहिले त धेरैको हकमा हरेक दिन शनिबारजस्तो छ । कार्यालय र व्यवसाय ठप्पप्रायः छ ।
यस्तो बेला समय झ्याउलाग्दो हुने नै भयो । यसैले हामी यो समय मीठा गीत–संगीतमा विचरण गर्न सुझाउँछौं ।
यो श्रृंखलामा हामी आज एक गायिकालाई सम्झँदैछौं, जसको स्वरको जादू एक समय निकै गहिरोगरी चलेको थियो । तर समयक्रमसँगै हराएजस्तो अनुभूति भएको छ । उनी हुन् गायिका मल्लिका कार्की ।
सुपरिचित गायक उदितनारायण झासँग गाएको गीत ‘लाजको लाली बोकेर’ बोलको गीतबाट आफ्नो परिचय बनाएकी कार्कीले त्यसपछि नेपाली संगीतप्रेमीलाई निरन्तर आकर्षित गरिन् । उनले गाएका अधिकांश गीतमा संगीतकार आलोक श्रीको प्रभावशाली संगीत सिर्जनाले पनि उत्तिकै भूमिका खेलेको छ ।
पछिल्लो समय उनी सांगितिक दुनियाँमा गुमनामजस्तै देखिएकी छिन् । संगीतकै दुनियाँमा रहे पनि मिडियामा भने उति नआएको उनको तर्क छ । हुन पनि यसैपालि तीजको सन्दर्भमा पनि गीत गाएकी छिन् । आज भने उनका केही लोकप्रिय गीत सुनौं र कस्तो लाग्छ लेखौं ।
लाजको लाली
गीतकार– एसपी कोइराला
संगीतकार– आलोकश्री
तिमीले नसम्झिँदा माया
गीतकार– जेबी संयोगी
संगीतकार– सुरेश अधिकारी
यति धेरै मान्छेहरूको भीडमा
गीतकार/संगीतकार– आलोकश्री
म तिम्रो मायामा
गीतकार– सुवास गौतम
संगीतकार– आलोकश्री
लाखौं छन्
किरण केसी ‘क्रोधी’
संगीतकार– आलोकश्री
अडियो जुकबक्स