काठमाडौं– नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय नाघेकाे छ । पछिल्लो चौबिस घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेकाे छ ।
आज ८८४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।
त्यस्तै, ३१३ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार ५५५ रहेको छ ।
संक्रमणदर बढेकाले देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।