भाषाको आधार हो शब्द । जति धेरै शब्द भण्डार, उति राम्रो भाषामा पकड । त्यसैले आफ्नो भाषा राम्रो बनाउने हो जतिसक्दो शब्द भण्डारलाई विशाल बनाउनुको विकल्प छैन ।
अब नेपालीकै कुरा गरौं न, कति यस्ता शब्द छन्, जसको अर्थ मातृभाषा नेपाली हुनलाई पनि लगाउन गाह्रो हुन्छ । राज्यकै सम्पर्क भाषा भएका कारण नेपाली त सबैले जान्नु आवश्यक भइहाल्यो । अझ सम्पर्क भाषामा नै आख्यान र गैरआख्यानका काम हुने भएकाले यो भाषामा राम्रो ज्ञान अनिवार्य पनि बनेको छ ।
त्यसो त शब्द भण्डार बढाउनका लागि अनेकन उपाय छन् । त्यसमध्ये एउटा हो– आफूसँग
शब्दकोश राख्ने र त्यसको नियमित अध्ययन गर्ने ।
नेपाली भाषाको सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको
शब्दकोशलाई आधिकारिक मानिन्छ । प्रतिष्ठानले यसको पछिल्लो संस्करणको मूल्य १३५० रुपैयाँ तोकेको छ । तर यसलाई
डाउनलोड गरेर आफ्नो कम्युटरमा राख्न र पढ्न भने सित्तैमा पनि पाइन्छ । यो अवसरलाई किन उपयोग नगर्ने ?
शब्दकोश डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।