काठमाडौं– उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द्र थापाको रिपोर्ट नेगेटिभ आएको गृह मन्त्रालयले जनाएको हो ।
सिसिएमसी सचिवालयका कर्मचारीमा कोरोना पुष्टि भएसँगै उनीहरू होम आइसोलेसनमा बसेका थिए ।