काठमाडौं - आज काठमाडौं उपत्यकामा मात्र ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २९ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौंमा ३ सय ७२ भक्तपुरमा ४५ तथा ललितपुरमा १२ जनामा संक्रमित रहेका छन् ।