काठमाडौं - आज देशभर थप १ हजार २ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुने यो संख्या अहिलेसम्मकै बढी हो ।
संक्रमित हुनेहरुमा काठमाडौंमा ३७२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा ४५ जना रहेका छन् ।
त्यस्तै मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जना मानिसको कोरोनाको कारणले मृत्यु भएको छ ।
जसमा ४ जना महिला र १० जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ जना पुगेको छ ।