एजेन्सी - स्टार फुटबलर लियोनेल मेसीले बार्सिलोना फुटबल क्लब छोड्ने अर्को संकेत दिएका छन् ।
यद्यपि बार्सिलोनाले भने अहिलेसम्म यसमा कुनै पनि टिप्पणी गरेको छैन् । आइतबार बार्सिलानाले खेलाडीहरुलाई प्रशिक्षण दिनु पूर्व खेलाडीहरुको पीसीआर टेस्ट गरेको थियो तर मेस्सी क्लबको यो टेस्टमा सहभागी नै भएनन् ।
मेस्सी आफुले क्लब छोड्ने कुरामा अढिक रहेको, त्यसका लागि प्रशिक्षणमा पनि नजाने र सोही कारण पीसीआर नगरेको अनुमान गरिएको छ ।
बार्सिलोनामा मेस्सी मात्र एक त्यस्ता खेलाडी हुन् जसले क्लबको प्रशिक्षण गर्नको लागि पीसीआर टेस्ट नगरेको ।
बार्सिलोना आगामी सिजन सुरु हुनु अघि आजदेखि प्रशिक्षण पुनः सुरु गर्ने तयारीमा छ । मेस्सीले गत हप्ता क्लब छोड्ने इच्छा व्यक्त गरेका थिए तर बार्सिलोनाले उनलाई २०२१ मा सम्झौता समाप्त नभएसम्म टीममा राख्न चाहन्छ ।
क्लबले मेस्सीको अन्य स्थानान्तरण गर्नको लागि कुराकानी नगरेको पनि बताएको छ । मेस्सीले गत मगंलबार फ्याक्स मार्फत आफ्ना कागजातहरु क्लबमा पठाएर क्लब छोड्ने निर्णय गरेका थिए ।