काठमाडौं– पछिल्लो २४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका मध्ये ३०३ जना महिला र ५९६ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
वितेको २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
हाल देशभरका संस्थागत आइसोलेसन १० हजार जना र होम आइसोलेसनमा ६ हजार रहेका छन् । देशभर ७ हजार ३३७ जना क्वारेन्टिनमा रहेका छन् ।
१३२ जनाको आईसीयूमा उपचार भैरहेको छ । नेपालमा अहिलेसम्म ३९ हजार ४६० जनामा यो भाइरस संक्रमढण पुष्टि भैसकेको छ ।
मुस्ताङ र हुम्लामा भने अहिलेसम्म कोरोना संक्रमण दर शून्य छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।