काठमाडौं– महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि यतिबेला काठमाडौंका सडक सुनसान छन् । अत्यावश्यक सेवा र पासधारी सवारीबाहेक अन्य सवारी सडकमा विरलै देखिन्छन् ।
यसैकारण ट्राफिक प्रहरीहरु फुर्सदिला भएका छन् । ट्राफिक व्यवस्थापनको चाप खासै नभएकै कारण सडकमा उनीहरुको उपस्थिति पनि कम नै देखिन्छ ।
तर, अहिले काठमाडाैका सडकमा नक्कली ट्राफिक देखिन थालेका छन् । ती नक्कली ट्राफिक व्यक्ति भने होइनन्, ट्राफिक सचेतनाका लागि सडकमा उभ्याइएका ‘डमी’ हुन् ।
ट्राफिकले लगाउने हुबहु पोसाक लगाएका डमी ट्राफिकहरू सन्देशसहितको प्लेकार्ड बोकेर काठमाडौंका विभिन्न स्थानमा उभिएको देख्न पाइन्छ ।