प्रवीण बेडवाल नेपाल आइडल सिजन–३ का अब्बल प्रतियोगीमा पर्छन् । उनको स्वर र प्रस्तुतिले निर्णायक एवं दर्शकको मनलाई मज्जैले जितेको छ । क्लासिकल म्युजिकका विद्यार्थी प्रविणले नेपाल आइडलको हरेक स्टेजमा जमेरै प्रस्तुति दिए ।
गायन अवधिभर गीतमै डुब्छन्, उनी गीतको शब्द र संगीतलाई ‘फिल’सहितको प्रस्तुति चर्चामा छन् । शान्त स्वभावका प्रवीणलाई उनको सो स्वभावलाई घमण्ड पनि भन्ने गर्छन् । तर उनी आफूले क्लासिक संगीत सिक्दा गुरुहरुको संगत र रेस्पेक्ट भन्न रुचाउ“छन् । प्रस्तुत छ उनीसँग गरिएको संक्षिप्त कुराकानी–
संगीतप्रतिको रुची–लगाव कसरी भयो ?
सानैदेखि गाउन भनेपछि हुरुक्कै हुन्थें । गीत मात्रै गाउन पाए खान, सुत्न पनि वास्तै हुँदैनथ्यो । एउटै सपना थियो राम्रो गायक बन्ने । बिस्तारै अभ्यास गर्दै गएँ । सानोदेखिकै छाप र अभ्यासले गर्दा झन् रुची बढ्दै गयो ।
संगीत पढ्ने हौसला चाहीँ कसरी आयो ? परिवारबाट कतिको साथ थियो ?
संगीतमा लाग्ने सोच बनाएपछि संगीत त पढ्नै पर्छ भन्ने लाग्यो । म संगीतमा लाग्दा बुझेर लाग्नुपर्छ भन्ने मान्यता थियो । तर घरमा बुवालाई मेरो गायनप्रतिको लगावमा कहिल्यै रुची भएन । बुबा इन्डियन आर्मीमा आबद्ध भएकोले म पनि आर्मीमै जागिर खाओस् भन्ने उहाँको इच्छा थियो ।
यस्तै आन्तरिक द्वन्द्वमा गायन वा घर भन्ने प्रस्ताव राख्नुभयो । मैले गायनलाई छानेर घर छोडेँ र तमिलनाडुमा हजुरआमासँग बस्न थालेँ । त्यसपछि त मैले संगीत विषय लिएर तमिलनाडुमा थिरुवलु युनिभर्ससिटीमा ब्याचलरसम्म पढेँ । पछि जयपुरमा क्लासिकल संगीत फेरि सिकेँ ।
भारतमा हुर्केको तपाईंमा नेपाली गीतसंगीतप्रति कसरी मोह भयो ?
मेरो हजुरबुवा सानोमै भारत जानुभएको हो । उतै व्यापार गर्नुभयो । छोराछोरी उतै हुर्काउनुभयो । तर पनि मलाई भनिरहनुहुन्थ्यो, ‘नेपालमै फर्कनुपर्छ, उतै केही गर्नुपर्छ’ । त्यसैले नेपालमै केही गनुपर्छ भन्ने भावना जागेको थियो । म सानैदेखि नै नेपाली गीत संगीत सुनेर हुर्केको हु“ । नेपाली साथीहरुले नेपाल आइडलमा जान हौसला दिएका हुन् ।
नेपाल आइडलको अनुभव कस्तो रह्यो ?
इन्डियामा गीतसंगीत र सांगितिक संस्कार राम्रो सँग सिकें । नेपाल आइडलमा आएपछि दर्शक, श्रोतालाई के दिनुपर्छ, आजभोलि के मन पराउ“छन्, केमा खुशी हुन्छन्, त्यसलाई बुझेर गाउन सिकें । सुरुमा मलाई नेपाली दर्शक, स्रोताहरुले रमझम, नाच्ने गीतहरु मात्रै रुचाउने हो कि भन्ने भ्रम थियो । तर नेपाल आइडलमार्फत क्लासिकल गीतहरुलाई पनि उत्तिकै रुचाउने रहेछ भन्ने बुझें ।
तपाईंलाई घमण्डी भन्ने ट्याग पनि लगाइयो नि ?
मान्छेको स्वभाव फरक फरक हुन्छ, म खासै धेरै बोल्दिन । फेरि बोल्दैमा फ्रयांक हुन्छ भन्नु पनि त सहि होइन । साथमा मैले क्लासिकल संगीत सिक्दा गुरु प्रतिको आदर, सम्मान, डिसिप्लेनमा रहन सिकें । नबोल्दैमा घमण्डी हुदैन ।
अन्तिम राउण्डमा गल्ती हजार हुन्छ गीत छान्नुको केही कारण छ कि ?
अन्तिम राउण्डमा गीत आफैले छान्नु पर्थ्यो । स्वरसम्राट नारायण गोपालकै गीत गाउने मेरो सोच थियो त्यसमा यो गीत धेरैले रुचाएको, मलाई नि मन परेको । यो जस्तो उपयुक्त गीत अरु हुन सक्देन भन्ने लागेर छानें ।
यसपटकको नतिजावाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
पहिलो हुनु नै जित हो भन्ने मलाई लाग्दैन । दर्शकहरुले गरेको माया र भोटिङबाट फस्ट रनर अप हुन पाए“ । कति साथीहरु टप १० वाटै रुँदै गएका थिए, म त दोस्रो त भए“ । साथै यो नै हाम्रो अन्तिम विन्दु होइन । अब त झन् राम्रा राम्रा सिर्जनाहरु पस्केर दर्शकले लगाएको गुण तिर्नुछ ।
अबको प्लान के के छन् ?
दर्शकहरुलाई विस्श्स दिलाउने गीतहरु तयार गर्दैछु । नेपाली गीतमा क्लासिकल धारलाई अङ्गालेर अघि बढ्नेछु । केही समय यता नेपाली संगीत नाच्ने गीतमै सिमित जस्तो देख्दैछु, मेरो प्रयास भनेको गीत सुन्ने बनाउने तिर लाग्छु । मेरो एउटै सपना छ, परिपक्क गायक बन्नु । केही वर्षपछि संगीतमा पिएचडी पनि गर्ने प्लान छ ।
कसको गायन शैलीवाट बढी प्रभावित हुनुहुन्छ ?
मेडी हसन, गुलाम अली, भक्तराज आचार्य, नारायण गोपाल, बच्चु कैलास ।
अरु विजेताको कुरा पनि सुन्नुहोस्-
- नेपाल आइडल जित्छु भन्ने ढुक्क थिइनन् सज्जा
- भैंसी चराउँदा दाइको गीतबाट प्रभावित किरणकुमार
- कोरोना कहरबीच नेपाल आइडलको रोमाञ्चक समापनपछि ...