किरणकुमार भुजेल वाइल्ड कार्ड इन्ट्रीमार्फत नेपाल आइडलमा पुनः भित्रिएका हुन् । पुनरागमपछि भने उनले कार्यक्रममा धेरैको मन जितेका थिए । संगीतलाई सिकेर, बुझेर मात्रै आउनुपर्छ भन्ने उनको सोँच छ । नेपाल आइडलमा उनको जादुमय स्वरसंगै उनको प्रस्तुति शैलीबाट पनि धेरै प्रभावित थिए ।
संगीत तिरको मोह कसरी बढ्यो ?
महोत्तरी बर्दिबासमा दाइसँग भैंसी चराउन जाँदा दाइले गाएका गीतहरुवाट सारै प्रभावित थिएँ । उहाँसंग म पनि गुनगुनाउथें । ६ कक्षाको पहिलो दिन कक्षामा मैले गीत गाएँ । साथीहरु, गुरुहरुले निकै प्रशंसा गरे । त्यस पछि मेरो संगीत प्रतिको मोह दिन प्रति दिन बढ्दै गयो ।
भैसीं चराउने बेला बढी कस्ता गीतहरु गाउनुहुन्थ्यो ?
त्यतिबेला चलेका पप गायकहरु निमा रुम्बा, मिङ्मा शेर्पा, सोनु निगमका गीतहरु गाउथ्यौं ।
संगीत विषय पढ्नकै लागि नै काठमाडौं आउनुभएको हो ?
एसएलसीपछि केही संगीत पाठशालामा संगीत सिक्न पुगें । रिजल्ट आएपछि अरु विषय पढ्ने रहरै थिएन त्यसैले ललितकला कलेजमा संगीतमा भर्ना भएँ । त्यहा“वाट ब्याचलर सम्मको पढाइ सकेर क्लासिकल संगीत गुरु शिवराज पौडेलसंग सिक्दैछु ।
नेपाल आइडलमा कसरी आइपुग्नु भयो ?
इन्डियन च्यानलमा आउने सांगीतिक रियालिटी सो हेरेर नेपालमा पनि यस्तै स्टेज होस् भन्ने कल्पना गर्थे । जब नेपाल आइडलको सिजन १ मा भाग लिन गएको थिएँ । त्यति बेला उत्कृष्ट ५० बाट बाहिररिए । गायक भएर चिनिने सपना था“ती राखेर संगीत, गायनमा मेहनत गर्ने थालेँ । आफू तयार भएपछि एकै पटक सिजन ३ मा सहभागि हुन आएँ ।
पक्कै नेपाल आइडलको टाइटल जित्छु भन्ने अपेक्षा थियो ?
आशावादी थिए“ । दर्शकले मलाई धेरै नै माया गर्नुभएको थियो । वाइल्ड कार्ड इन्ट्रीपछि ममा बढी आत्मविश्वास बढ्दै गयो । टाइटल नै जित्छु भन्ने चाहीँ लागेको थियो । तर उत्कृष्ट ३ सम्म पुग्नु पनि चानचुने कुरा होइन । मन बुझाइ रहेको छु ।
त्यसो भए नतिजावाट खुशी हुनु भएन ?
खिन्न त भएको थिए“ । पछि आफैले यो नतिजा मात्रै सबथोक होइन । परीक्षा त अब सुरु हुँदैछ भन्ने लाग्यो । दर्शकले यति धेरै माया दिएर यो स्थानसम्म पुर्याउनु भएको छ । अझैं मेहनत गरेर नया“ गीत, संगीत दिएर माया बटुल्ने छु । कहिलेकाहीँ एक नम्बरले हारिरहेको हुन्छ, के त्यो फेलर हो र ?
खासमा तपाईंलाई कस्तो धारका गीतहरु म्न पर्छ गायनमा ?
फिल्मी र रोमान्टिक स्टाइलका गीतहरु मलाई सुहाउछ जस्तो लाग्छ । दर्शकहरुले पनि यस्तै गीत गाउनु, यहि स्टाइल मलाई जम्छ भन्ने सुझाबहरु पनि आइरहेको छ ।
तपाईं सोनु निगमबाटै बढी नै प्रभावित देखिनुहुन्छ नि ?
मलाई सबैभन्दा मनपर्ने गायक सोनु निगम हो । म उहा“लाई निकै फलो गर्छु । यतिसम्म कि एक समय कपाल, लुक्स, गायनशैली समेत कपी गर्थें । अहिले त धेरै कम भएको हो । अब किरणकुमार भुजेलको रुपमा परिचय बनाउनतिर लाग्दैछु ।
अरु विजेताको कुरा पनि सुन्नुहोस्-
- नेपाल आइडल जित्छु भन्ने ढुक्क थिइनन् सज्जा
- घर छाडेर गीतसंगीत रोजेको फस्ट रनर अप प्रवीण
- कोरोना कहरबीच नेपाल आइडलको रोमाञ्चक समापनपछि ...