एजेन्सी - पेरिस सेन्ट जर्मन (पीएसजी) का २ खेलाडीलाई कोरोना संक्रमण हुन सक्ने आंशका गरिएको छ ।
पीएसजीका अुनसार उसका दुई खेलाडीहरूलाई कोरोना संक्रमण भएको हुन सक्ने बताएको छ ।
तर पीएसजीले अहिलेसम्म ती खेलाडीहरु को हो भनेर चाँहि सार्वजनिक गरेको छैन् ।
यद्दपी उनीहरुलाई आवश्यक स्वास्थ्य प्रोटोकल अपनाउन भने भनिएको छ ।
पीएसजीमा कोरोनाको छाया परेसँगै १० सेप्टेम्बर सम्म पीएसजीले आफ्नो आगामी सिजनको लागि गर्नुपर्ने प्रशिक्षण बन्द गरेको छ ।
त्यस्तै पीएसजीले टिमको लेन्स विरुद्ध को पहिलो खेल पनि अर्को हप्ता सम्म स्थगित गरेको छ ।