काठमाडौं - जुम्लामा कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई पुनः परीक्षण नै नगरी घर पठाउने गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेको नौ सङ्क्रमतिलाई पुनः परीक्षण नै नगरी १४ दिनपछि घर पठाइएको हो ।
चौध दिनपछि आइसोलेसनबाट घर पठाइएका व्यक्तिले पुनः परीक्षण नै नगरी प्रमाणपत्र हातमा थमाएर घर पठाइएको प्रतिक्रिया दिएका छन् ।
उनीहरु भन्छन्, “हामीलाई अब कोरोना सङ्क्रमण छ वा छैन कुनै जानकारी हुन सकेन ।” चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पिसीआर परीक्षण गर्नु पर्दैन भनेर निर्देशिका पठाएको प्रतिक्रिया दिए । रासस