काठमाडौं– कोरोना भाइरस सङ्क्रमणका कारण बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका– ११ की ६० वर्षीया महिलाको आज बिहान ९ः १५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।
भदौ ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा भर्ना भएकी महिलामा ज्वरो, स्वाशप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।