यसको मूल सामाग्री पढ्नका लागि यस लिंकमा जानुहोस् । ‘भाइरसभन्दा भयले मान्छे रोगी, उपचार हुन्छ नआत्तिनुस्’
कोभिड १९ कोरोना संक्रमणको आतंक फैलिरहेको बेला विश्वभरी विभिन्न तर्कवितर्क भइरहेको छ । पछिल्लो समय धेरे विद्धानहरुले कोरोनालाई जति हो त्योभन्दा बढी ठूलो देखाएर आतंक फैलाइरहेको आरोप र दावीहरु प्रशस्तै आउन थालेको छ यसैबेला नेपालमा आयुर्वेद आइसोलेसनमा सात दिनमै कोरोना निको भएर बिरामी घर पनि फर्के । यस सन्दर्भमा आयुर्वेद र यसको प्रभावकारिताबारे नेपाली पब्लिकले नियमित सामाग्री प्रस्तुत गरिरहेको छ । यस क्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत तथा चिकित्सक डा. अमितमान जोशी भन्छन्-
मानव शरीरमा असर गर्ने भाइरस वा रोगको संख्या बढ्दो छ । सन् २००२ मा देखिएको सार्स, २०१२ मा देखिएको मर्स भाइरसजस्तै नोबल कोरोना पनि भाइरसकै एक प्रजाति हो ।
चीनबाट कोरोना भाइरस सुरु भएपछि नै हामीले नेपालमा पनि संक्रमित भेटिनु नौलो भएन । संक्रमण हुनुअघि नै कोरोना संक्रममण फैलियो भने के गर्ने भनेर विभिन्न चरणमा छलफल गर्यौं । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र अस्पताल पनि भएकाले यो रोगलाई सहयोग गर्ने औषधि उत्पादन गर्नुपर्छ भनेर हामी टिम बनाएरै लागिपरेका थियौं ।
मुख्यत: इम्युनिट रेस्पोन्स राम्रो भयो भने कोरोनाले केही गर्ने सक्दैन तर इम्युनिटी सिस्टम राम्रो भएन भने कोरोनाले बिगार्ने हो । इम्युनिटी सिस्टम सन्तुलन राख्ने जडीबुटी कुन कुन हो, त्यसलाई छानेर औषधि बनायौं । जसमा खनिज, आइरनको मात्रा र भिटामिन सी पाइने जडीबुटीलाई समावेश गर्यौं ।
नेपाल सरकारले यहाँ आइसोलेसन बनाउने निर्णय गरिसकेको थियो । हामीलाई आयुर्वेदिक औषधि दिने स्वीकृति पनि प्राप्त भयो । सुरुमा २० जनामा औषधि प्रयोग गर्यौं । सबै छक्क पर्ने गरी उनीहरू सात दिनमै निको भए । अहिले विश्वको डाटामा १२ दिनसम्मा निको भएको रेकर्डहरू थिए । यहाँ आएका ९१ प्रतिशतलाई नै ७ दिनमै निको पारेर पठायौं । बाँकी १० दिनसम्ममा निको भएर गए ।
सामान्यतयाः भाइरसहरू ८० प्रतिशत आफै निको हुन्छन्, हाम्रो आयुर्वेदको उपचारबाट शतप्रतिशतै निको भएर जानुलाई सकारात्मक रूपमा लिनुपर्छ । यहाँ गर्भवती महिला, डायलासिस गरेका, प्रेसर, सुगरसँगै कोरोना संक्रमण भएर आएर बिरामीसमेत औषधिपश्चात् कोरोनामुक्त भएर घर गएका छन् ।
- मास्क लाएर कुनै व्यक्तिसँगै बसेर कुरा गर्नु भन्दा टाढा बसेर कुरा गर्नु उपयुक्त हुन्छ ।
अहिलेसम्म मैले ३०३ जना बिरामीलाई नजिकबाट हेर्दा उचित खाना, आयुर्वेद सप्लिमेन्ट लिएर मानसिक तनाबलाई हटाउन पाए सजिलै कोरोनामुक्नत हुन्छौं भन्ने लागेको छ । कोरोनाबाट मृत्यु हुनेहरू कुनै न कुनै जटिल रोगसँग लडेकाहरू नै बढी छन् । यस प्रकारको मृत्युलाई पनि कोरोनाबाट मृत्यु भएको भन्ने डब्लूएचओको मान्यता छ । यसैकारण मृत्यु दर दिन प्रतिदिन बढ्दो छ ।
मृत्युदर बढेकाले झनै डराएर बसेका छौं । रोगले भन्दा डरको मृत्यु बढेको छ । अहिले आत्महत्या र राम्रो उपचार नपाएर मर्नेहरू धेरै छन् । एक जोडी १९ महिना र दूधे बालक लिएर उपचारका लागि आएका थिए । श्रीमान् श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको छ तर दुवै बालकमा कोरोना नेगेटिभ छ । त्यो जोडीले बालकहरूलाई छोड्ने ठाउँ नभएर सँगै ल्याएका थिए ।
कोरोना जस्तो भाइरसका लागि रोगसँग लड्ने क्षमतालाई सन्तुलन गर्ने जरुरी हुन्छ । यसका लागि आजैदेखि भान्छामै पाइने अदुवा, मरिच, पिपली, बेसार, तुलसी, टिम्मुर, दालचिनी, अमला आदि प्रयोग गर्नुपर्छ । मास्क लाएर कुनै व्यक्तिसँगै बसेर कुरा गर्नु भन्दा टाढा बसेर कुरा गर्नु उपयुक्त हुन्छ । गुर्जो थिचेर निस्केको १० मिलि रस दैनिक खान पाए त इम्युनिटी पावर सन्तुलन हुन्छ ।
यस्ता सामान्य कुराहरूमा सरकारलगायत सबै स्वास्थ्य विज्ञले ध्यान दिएर मासमा पुर्याउन सकेमा अरूले दिने भ्याक्सिनको आशा गर्नुपर्दैन । भ्याक्सिन पनि प्रभावकारी हुन्छ र सर्वसुलभ हुन्छ भन्ने पनि छैन ।
सम्बन्धीत थप सामाग्री पढ्नुहोस्
आयुर्वेद कथाः कहाँ, कहिले, कसरी, कोबाट सुरु ?
प्रमुख आयुर्वेदीय ग्रन्थमा के छ ?
आयुर्वेदले सबैखाले स्वास्थ्य विवेचनालाई निर्देश गर्छ
कोरोनाबाट बच्न बिहान–बेलुका नुन बेसारले कुल्ला गरौं
भाइरससित लड्न सक्ने गरी नै मानव शरीर बनेको छ