काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो २४ घण्टामा संक्रमित भएका मध्ये ३२० जना महिला र ८०० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यो सहित नेपालमा ४१ हजार ६४९ जनालाई कोरोना संक्रमण भएको छ ।
वितेको २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार १ सय १२ जना उपचार पछि निको भएर घर फर्किएका छन् । देशभरका संस्थागत आइसोलेसनमा १० हजार ४९३ रहेका छन् । होम आइसोलेशनमा ७ हजार ६१५ जना बसेका छन् । देशभर ६ हजार ७६७ जना क्वारेन्टिनमा रहेर उपचार गराइरहेका छन् ।
देशभरका आईसीयूमा १४१ जना उपचाररत छन् । आसीयूमा सबैभन्दा धेरै बागमती प्रदेशका रहेका छन् ।