काठमाडौं - सत्ता रुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ ।
बिहीबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउसो ३ बजेकालागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
आज बस्ने सचिवालय बैठकमा वामदेव गौतम र अर्थमन्त्री युवराज खतिवडा मध्ये एकलाई राष्ट्रिय सभामा पठाउने भन्ने बारेमा निर्णय गर्ने बुझिएको छ ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई निरन्तरता दिन चाहन्छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुह भने गौतमलाई राष्ट्रिय सभामा लैजानु पर्ने अडानमा छन् ।
गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर गत १४ फागुनमा निर्णय गरिएको थियो । जुन निर्णय अहिलेसम्म कार्यावयनमा आउन सकेको छैन् ।
नेकपा भित्र लामो समयदेखि विवाद हुँदा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाइएको थियो । कार्यदलले आफ्नो रिपोर्ट एक हप्तामा बुझाइ सकेको छ ।
उक्त प्रतिवेदनपछि नेकपाको सचिवालय बैठक बस्ने भनिए तापनि कोरोना भाइरसका कारण बैठक सरेको थियो ।