जन्मेको मात्र ८ हप्ता अर्थात् २ महिनामै बोल्न थालेपछि एक शिशु बालक भाइरल भैरहेका छन् । सामाजिक सञ्जालमा सबैभन्दा कम उमेरमा बोल्ने बच्चा भएको भन्दै प्रचार भइरहेको छ ।
उनीहरुले संसारमे यस्तो खालको पहिलो रोचक घटना भएको दावी समेत गरेका छन् । सामान्तया जुनसुकै बच्चालाई बोल्नको लागि न्यूनतम १० देखि १४ महिनासम्मको समय लाग्दछ ।
कसरी बोले बालक ?
यी बालक बेलायतमा बस्दै आएका दम्पत्ति निक र क्यारोलिनको छोरीपछिको दोस्रो सन्तान हुन् । सुरुमा बुवा निकले बालकलाई ‘हेलो’ भनेर बोलाएका थिए । जवाफमा बालकले पनि हेलो भनेका थिए ।
भिडियोमा बालकले बुवालाई हेर्दै हाँसेको दृश्यले पनि सबैलाई आनन्दित तुल्याएको छ । आफ्नो श्रीमान र बच्चाको यो क्रियाकलापलाई क्यारोलिनले मोबाइलमा कैद गरेकी थिइन् । सो भिडियो सामाजिक सञ्जालमा अपलोड गरेपछि बालक भाइरल भएका हुन् ।
यो सबै अचानक भएको क्यारोलिनले बताएकी छिन् । निक र मैले बच्चालाई ‘हेलो’ भन्न लगाएका थियौं । उनले निकको सिको गर्दै ‘हेलो’ भनेपछि अचम्म पर्यौैं । त्यो दृश्यले गर्व महसुस भएको बुबा निकले बताएका छन् ।
सोशल मीडियामा प्रतिक्रिया यस्ता छन्-
बलकको यो विषयलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रकारका टिप्पणीहरू गरिरहेका छन् । केही सामाजिक प्रयोगकर्ताहरू उनलाई चमत्कारिक केटो भनेर भनेका छन् ।
कतिपयले उनलाई समयभन्दा अघि रहेको तेजवान बच्चा भनेका छन् । त्यस्तै केहीले यो बच्चाले भनेको ‘हेलो’ केवल हेलो मात्र नभएर धेरै अर्थ लाग्ने बताएका छन् । कतिले उनलाई ‘सरप्राइज बेबी’ भनेका छन् ।
डेलीमेल युकेबाट साभार