एजेन्सी - चीनमा लगभग निष्तेज भैसकेको कोराना भाइरस फेरि देखिन थालेको छ ।
चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय चीनमा कम भएको थियो ।
यद्दपी पछिल्लो केही दिनयताबाट भने चीनमा फेरि यो भाइरस सक्रिय भएको छ । चीनमा बिहीबार मात्र ११ वटा नयाँ संक्रमित केसहरु देखिएको थियो भने यसअघि ८ जनामा कोरोना भाइरस भएको पुष्टि भएको थियो ।
भाइरसको यो विषयलाई लिएर चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्ति जारी गर्दै नयाँ देखिएको केस चीन भित्रको नभएको बताएको छ ।
आयोगले बाहिर देशहरुबाट चीनमा आउने मानिसहरुमा संक्रमण भएको जनाएकको छ ।