काठमाडौं– वासुदेव अधिकारीको कवितासङ्ग्रह ‘बस्तीमा आगो’ सार्वजनिक भएको छ । ‘कोरोना बन्दाबन्दी शृङ्खला कविता’ का रुपमा समकालीन साहित्य प्रतिष्ठान, बेलायतबाट प्रकाशित कृतिमा लामा र छोटा गरी ६१ कविता छन् ।
कवितामा सङ्क्रमित मानिसलाई गरिने असामाजिक र अपमानजनक व्यवहार अमानवीय भएको तथा महामारीबाट बच्न हरेक नागरिकले स्वास्थ्य सुरक्षाका लागि आफ्नो कर्तव्य पालना नगरी सरकार वा कुनै एक पक्षलाई मात्रै जिम्मेवार देख्ने प्रवृत्ति गलत रहेको भाव व्यक्त छ ।
रुघाखोकीका रुपमा अर्थ लगाइए पनि कोभिड –१९ संसारभर आगोसरि फैलिएको र यसको रोकथाममा सबैको एकताबद्ध र जिम्मेवार पहलका लागि सङ्ग्रहले आह्वान गरेको छ ।