यसपटकको ‘शैली संवाद’मा महिला र बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत सिविस नेपालका कार्यक्रम संयोजक यादवकुमारी बस्नेतसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
सिविस नेपालले कुन क्षेत्रमा काम गर्दै आएको छ ?
सुरुमा श्रममा रहेका महिला र हिंसा तथा दुव्र्यवहारमा परेका महिलाको लागि काम गर्योा । पछिल्लो समय सन् २०१६ देखि बालबालिकामागि हुने हिंसा र दुव्र्यवहारविरुद्ध काम गर्न थालेको छ ।
विशेषगरी घरेलु काममा रहेका बालबालिकालाई बाल चौतारी शिक्षा कार्यक्रम गर्छ । रोजगारदाता जसले पढाउँछु भनेर बालश्रमिक राख्नेहरुलाई दायित्ववोध, कानुन अवगत गराउँदै काम गरिरहेको छ । बालबालिका घरेलु काममा भएपनि कम्तीमा विद्यालयसम्म पुग्ने वातावरण सिर्जना गर्दैछ ।
अहिले बालश्रमको स्थिति कस्तो छ ? आँकडाले के देखाउछ ?
सर्वेक्षणअनुसार १६ लाख बालबालिका श्रममा रहेको तथ्याङ्क छ । पछिल्लो समय ६ लाख बालबालिका निकृष्ट प्रकारको श्रममा रहेको तथ्याङ्क छ । सिविस नेपाल आफैले काठमाडौंमा गरेको सर्वेक्षणअनुसार हरेक १९ घरमा एकजना बालश्रमिक रहेको पायौं ।
स्वारुपमा केही फरक भने आएको छ । पहिला घरेलु कामदार राख्दा इज्जत बढ्ने सोच थियो अहिले आवश्यकताअनुसार राख्ने गरिन्छ । यसरी राखिने कामदारमा बालबालिका नै हुने गर्दछन् । किनभने युवा कामदार राख्दा बढी तलाब ज्याला दिनुपर्ने तर बालबालिका काममा राख्दा थोरै ज्याला दिएर अथवा ज्यालाविनै काम गराउन सक्ने भएकोले पनि घर मालिकहरुले बालश्रम गराइरहेका छन् । कानुनी दायरामा उहाँहरुलाई ल्याउने कार्य प्रसस्त भएका छन् । जसले गर्दा बालश्रम घट्दो दरमा छ ।
प्राकृतिक प्रकोपको कारण अप्ठ्यारोमा परेका बालबालिकाको लागि पनि काम गर्नुभयो हैन ?
बाढी, पहिरो, भुकम्प, अहिले कोभिड १९ को कारण बालबालिका विभिन्न किसिमको अप्ठ्यारोमा छन् । २०७२ को भुकम्पको बेला धेरै बालबालिका विद्यालय जानबाट वञ्चित भए । त्यतिखेर बालमैत्री स्थान भनेर विभिन्न ठाउँमा सञ्चालन गर्यौ्ं ।
अहिले कोरोनाको कारण बालबालिका घरमै छन् । यतिखेर अनलाइन कक्षा भैरहेका छन् । सबै बालबालिकाको पहुँचमा मोबाइल, ल्यापटप छैन । घरमा एउटा मोबाइल छ, तर पढ्ने विद्यार्थी दुईतीन जना हुन्छन् । त्यही मोबाइल, ल्यापटपको निहुँमा अभिभावकले गाली गर्ने, दुव्र्यवहार गर्ने गरेको हामीले पाएका छौं । यसबाट बालबालिकामा मानसिक समस्या आउन सक्छ ।यस्तो अवस्थामा हामीले काउन्सिल दिने गरेका छौं ।
सिविस नेपालको भावी योजनाहरु के के रहेका छन् ?
नेपालका बालबालिकाहरुले आत्मसम्मान पूर्वक आफ्नो आधिकारमा रमाउने भन्ने सिविसको भिजन भएकोले, बालअधिकारकै क्षेत्रमा काम गर्नेछ । पछिल्लो समय बालबिछोड रोकौं भन्ने अभियान रहेको छ । मानव बेचविखनमा पर्ने सम्भावना भएका र केही बेचविखनमा परिसकेका वयस्कहरुसँग पनि मिलेर काम गर्दै छौं ।
त्यस्तै मिडियासँग क्याम्पेनिङ, न्युज आर्टिकल निकाल्ने, सचेतना मुलुक कार्यक्रम अन्तर्गत कचहरी नाटक गर्ने गरेका छौं । यसले समाजमा छिटोभन्दा छिटो सूचना पुर्या उने काम गर्दछ । यी सबैको उद्धेश्य भनेको समाज बालश्रममुक्त बनाउने र बालबालबालिकालाई परिवार बाट छुट्टिएर स्न विवस नबनाउने हो ।
बाल बिछोड रोकौं भनेको के हो ? यो अभियान ले के गर्दछ ?
सबैले बुझ्नेगरी भन्नुपर्दा बालबालिकालाई कुनै पनि हिसावले बाबुआमाबाट छुटाउन हुँदैन र पाइदैन भन्ने हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले नै बालबालिका बाबुआमासँगै बस्नुपर्छ भनेर बालअधिकार किटान गरेको छ । विशेषगरी विपदको बेलामा बाबुआमालाई प्रलोभन देखाएर छोराछोरी पढाइदिन्छौ, रोजगारी दिन्छौ भनेर पनि आमाबुबाबाट अलग गर्ने गरिन्छ ।
कतिपय आमाबाबुले आफ्नो आर्थिक अवस्था उकास्ने लोभमा आफै छोराछोरीलाई अलग्याउनु हुन्छ । कतिले जानजान त कतिले बाध्यता बश । बालबालिका आमाबाबुसँगै बस्न पाउने अधिकारबाट बञ्चित गराउनु हुँदैन भनेर बालबिछोड रोकौं भन्ने अभियानले काम गर्दछ ।