काठमाडौं– पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुष गरी १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै हालसम्म २ ७१ जनाको मृत्यु भएको छ । पछिल्लो समय मृत्यु हुनेमा काठमाडौंका तीन महिला २२, ६७ र ८२ वर्षीया तथा चितवनमा ३५ वर्षीयाको महिला रहेका छन् ।
मृत्यु हुने पुरुषमा सप्तरीका दुई ५५ वर्षका, धनुषामा ६५वर्षका, कास्कीमा ३१ वर्षका, नवलपरासीमा ३७ वर्षका, प्युठानमा ५८ वर्षका, रुपन्देहीमा ७८ वर्षका, पाल्पामा ६३ र सुर्खेतमा ४२ वर्षका छन् ।
उपत्यकामा थपिए ४५४ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना सङ्क्रमित थपिएका छन् ।