ललितपुर– लामो समयसम्म अन्योलमा रहेको रातो मछिन्द्रनाथको जात्राको विषयमा बिहिबार स्थानीय र प्रहरीबीच झडप भयो । यसपछि जनप्रतिनिधि, जिल्ला प्रशासन र सरोकारवालाको छलफलबाट पहिलेजस्तै उल्लासमय र समय लगाएर नभएपनि रथ तान्ने निर्णय गरे ।
फलस्वरुप पुलचोकस्थित मूल सडकमै रथअगाडि गुठियारहरुले क्षमा पूजा गरेका छन् । आउँदो २६ गते भने रथलाई बुङमती पर्याएर रातो मछिन्द्रनाथको जात्रा सकाउने निर्णय भएको छ ।
.
बिहिबार रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा झडप भएपछि थप प्रदर्शन हुने सम्भावनाका कारण जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको छ । यसपटक रातो मछिन्द्रनाथको जात्रामा हुने जात्राहरु जस्तै भोटो जात्रा लगायत हुने छैनन् । हेरौं आज गरिएको क्षमा पूजाका दृश्यहरु–
यो पनि हेर्नुहोस्
कर्फ्यूमा पाटनका गल्ली, झ्याल र सत्तलमा जे देखियो
कर्फ्यूमा पाटनका गल्ली, झ्याल र सत्तलमा जे देखियो