ललितपुर– कोरोना संक्रमण फैलिएका कारण लामो समयसम्म अन्योलमा रहेको रातो मछिन्द्रनाथको जात्रालाई लिएर बिहिवार पुल्चोकमा भएको झडपका कारण शुक्रबार सबेरैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा करफ्यू लगाइयो । जसकारण अघिल्लो दिन रणमैदानजस्तो बनेको ललितपुरको शहरी क्षेत्र शुक्रबार सुनासान प्रायः भयो ।
चोकचोकमा सुरक्षाकर्मी थिए भने केही अत्याआवश्यक सवारी साधनहरु देखिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क (१) बमोजिम जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो ।
मछिन्द्रनाथको रथलाई जवरजस्ती तान्न खोज्ने युवा र प्रहरीबीच पुल्चोकमा झडप हुँदा पहिलो घानमै नै ट्राफिक प्रहरी र सुरक्षाकर्मी परेका थिए । आज तिनै सुरक्षाकर्मीहरु ललितपुरमा कर्फ्यु समयमा सुरक्षार्थ खटिएका थिए । एकैछिन उनीहरुलाई नियालौं ।
फोटो कथाः श्रुति श्रेष्ठ
यो पनि हेर्नुहोस्
‘जे हुनु भैगयो, क्षमा गर मछिन्द्रनाथ’
कर्फ्यूमा पाटनका गल्ली, झ्याल र सत्तलमा जे देखियो