एजेन्सी - कोरोना भाइरसको कारण न्युजील्याण्डमा एक जनाको मृत्यु भएको छ ।
यहाँ तीन महिना यता कसैको पनि भाइरसका कारण मृत्यु भएको थिएन् ।
न्युजील्याण्डमा मे २८ पछि एक जनाको मृत्यु भएको हो ।
न्युजील्याण्डले कोरोना भाइरसको युद्ध जितेको भन्ने समाचारहरु आइराखेको बेला पछिल्लो समय यहाँमा पनि कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गईरहेको छ ।
न्यूजील्याण्ड तीब्र संक्रमणलाई नियन्त्रणमा ल्याउने देशहरू मध्येमा पर्छ ।
हालसम्म यहाँ १७६४ बिरामीहरू संक्रमित भएका छन् भने अझैसम्म २३ जनाको मृत्यु भएको छ ।