काठमाडौं - मोरङमा कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मत्यु भएको छ ।
मृत्यु हुनेमा २ जना नै महिला रहेका छन् । उनीहरुको कोरोनाकै कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
६४ वर्षीया महिलाको कोशी अस्पतालमा तथा ४३ वर्षीया महिलाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
उनीहरुको उपचारको क्रममा गतराति अस्पतालमा मृत्यु भएको थियो ।