मानवविश्व अहिले युद्धमा छ, कोभिड–१९सँगको युद्ध । मानवजातिको लागि यो अस्तित्वको युद्ध बनेको छ । जसले मानव इतिहासलाई नै चुनौती दिएको छ । तथापि यस्तो प्रकृतिको चुनौती मानवजातिले पहिलोपटक झेलेको भने होइन, झेलिरहेकै हो ।
पछिल्लो एक बर्षको तथ्याङ्क अध्ययन गर्ने हो भने यो यही बर्ष मृत्यु हुनेको संख्या तीन करोड ९१ लाख ८७ हजारभन्दा बढी रहेको छ । सरुवा रोगकै कारण मर्नेको संख्या हेर्दा पनि आठ लाख ६४ हजारको हाराहारी देखिन्छ । मौसमी फ्लूका कारण तीन लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ भने उपचार सम्भव नभएको एचआइभी एड्स संक्रमित हुनेको संख्या ४ करोडभन्दा माथि छ ।
पछिल्लो एक बर्षमा यसबाट मर्नेको संख्या ११ लाख भन्दा बढी रहेको तथ्यांक सार्वजनिक भएको देखिन्छ ।
कोरोना भाइरस संक्रमणबारे शुक्रबारसम्म सार्वजनिक तथ्यांक हेर्ने हो भने विश्वमा २ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । १ करोड ८६ लाख भन्दा बढी निको भइसकेका छन् । ८ लाख ७३ हजार भन्दा बढीको मृत्यु भएको छ । यसरी हेर्दा मृत्यु हुनेको संख्या संक्रमितको चार प्रतिशत हाराहारी देखिन्छ ।
तथ्यांकहरूलाई विश्लेषण गर्ने हो भने कोरोना भाइरसबाट भन्दा एड्सबाट मर्नेको संख्या बढी देखिन्छ । त्यसको १० गुणा बढी सरुवा रोग, ६ गुणा बढी क्यान्सर, ४ गुणा बढी धुमपानबाट लाग्ने रोग लागेर, २ गुणा बढी रक्सी सेवन गरेर मानिसहरुको मृत्यु भइरहेको देखिन्छ ।
यसले स्वाभाविक प्रश्न जन्माउँछ कि कोभिड–१९ भन्दा खतरनाक रोगहरूबाट मानिसहरूको मृत्यु हामीलाई सामान्य लागिरहेको छ, योचाहिँ कसरी असामान्य भयो ? के यसकै नाममा विश्वलाई नै बन्धक बनाउनु आवश्यक छ ?
अझ नेपालको सन्दर्भमा हेर्दा ४२ हजार संक्रमित नाघ्दा २५ हजार भन्दा बढी निको भएका छन् भने २७१ जनाको मृत्यु भएको छ । नेपालमा मृत्यु भएकामध्ये धेरैजसो अन्य रोगबाट ग्रसित दीर्घरोगीहरुको संख्या ज्यादा छ ।
तर नेपालमा लकडाउन सुरु भएदेखि पछिल्लो ६ महिनामा मात्रै २२ सय भन्दा बढीले आत्महत्या गरेका छन् । एक अध्ययनअनुसार यस वर्ष सडक दुर्घटनाका कारण पाँच हजार ११५, हिंसाका कारण ९६२, आत्महत्याबाट दुई हजार ५४४, मुटुरोगले ३४ हजार १६७, झाडापखालाले नौ हजार ८३४, निमोनियाले नौ हजार ७१२, क्यान्सरले छ हजार ४९८ र फोक्सो रोगले १३ हजार ८५३ जनाको मृत्यु भएको देखिन्छ ।
अहिलेसम्म पनि कोरोना भएर मृत्यु भएका भनिएकाहरूलाई अन्य घातक रोग के थियो भन्ने सार्वजनिक गरिएको छैन । केही साता अघि एपिएफ अस्पतालमा ४५ बर्षीय महिलाको कोरोनाकै कारण मृत्यु भयो भनियो । तर उनी पहिल्यै निमोनिया र स्क्रबटाइफले ग्रस्त थिइन् । यस्ता उदाहरण हेर्ने हो भने हामीलेयस सन्दर्भमा विभिन्न प्रश्न उठाउन सक्छौँ ।
- यस्तो तथ्यांक संचार माध्यममा आउँदैन, विश्व स्वास्थ्य संगठन मौन रहन्छ ।
सबैभन्दा डरलाग्दो तथ्यांक त यो हो कि पछिल्लो ६ महिनामा कोरोना भाइरसका कारण मृत्यु भएको संख्या भन्दा आत्महत्या गर्ने संख्या नौ गुणा बढी छ । यति धेरै भय सिर्जना भयो कि मानौं महाप्रलय नै आइरहेको छ । त्यसैले सम्पूर्ण दैनिक जीवन, आर्थिक क्रियाकलाप बन्द गरियो । यसले मान्छेलाई आत्महत्या गर्न बाध्य बनायो ।
विश्वस्तरीय तथ्यांकलाई विश्लेषण गर्दा एक बर्षमा १० लाख मानिसको कोरोना संक्रमणको कारण मृत्युको प्रक्षेपण हुँदा ५० लाख मानिसको भने धुम्रपान र मद्यपानको कारण मृत्यु भइरहेको हुन्छ । यस्तो तथ्यांक संचार माध्यममा आउँदैन, विश्व स्वास्थ्य संगठन मौन रहन्छ ।
यसरी हेर्दा, कोरोना समस्या होइन । यसलाइ समस्या बनाइएको हो । यति धेरै मिडियाबाजी नगरी प्रत्येक अस्पताललाई सावधान राखेर संक्रमितको लागि विशेष व्यवस्था गरी जनमानसमा हल्ला नगरेको भए रोग सामान्य रुघाखोकीजस्तै हुने थियो । यसरी हल्ला गरियो कि मानौं भीडमा बम पड्कँदैछ, यसले धेरैलाई तर्साइदियो ।
कोरोनाबारे अझै प्रश्नहरू अनुत्तरित नै छन् । यस भाइरसले मानिसलाई मात्र सताइरहेको छ ? किन संक्रमण पशुपक्षीमा देखा परेन ? विश्वव्यापी यो समस्या कहिले समाधान हुन्छ ? समाधानको सही उपाय के हो ? विज्ञहरूमा कुनै मतैक्यता छैन । अचुक उपायको नाममा निरन्तर लकडाउन गरिएको छ । स्थानीय स्तरमा पनि लकडाउन र निषेधाज्ञाका श्रृंखला देखिएको छ । जनजीवन ठप्प छ । समाज आतंकित छ । मानिसको मन टाढिएको छ । संक्रमितहरूलाई गर्ने व्यवहार विभेदपूर्ण छ । के यो समाधान हो ?
होइन, निरन्तरको लकडाउन र निषेधाज्ञाले गरिव र निम्न आय भएकालाई झन् बढी सताइरहेको छ । यसलाई वरदान मान्नेहरू व्यापारका अनेक उपाय सोचिरहेका छन् । सरकारको लापरबाही, फितलो संयन्त्र र प्रशासन, अकर्मण्यता र दूरदृष्टिको अभावका कारण श्रमजीवीहरू मारमा छन् । सत्ताको नजिक भएर कालोबजारी गर्ने माफियालाई वरदान सावित भएको छ । यसले कोरोना भाइरस संक्रमण रोकथामका नाममा अपनाइएको सरकारी नीतिमाथि प्रश्न गर्ने प्रशस्त ठाउँ बनाइदिएको छ । प्रश्न गर्नु जरुरी भइसकेको छ ।
विभिन्न अनुभव र तथ्यहरूले नै कोरोना भाइरसको संक्रमण दर अन्य सरुवा रोगको भन्दा कमजोर प्रमाणित गरिसकेको छ र मृत्युदर पनि निकै कम छ । दीर्घरोगी, बृद्धबृद्धा र कमजोर स्वास्थ्य अवस्था भएका मानिसले विशेष सावधानी अपनाउन अपनाएमा अन्य मानिसले यसलाई साधारण ज्वरो तथा रुघाखोकीको संक्रमणलाई जसरी पचाइदिन सक्छन् ।
- विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्यमा देखिएको व्यवस्थापकीय क्षमताले नै स्पष्ट पारिसकेको छ सरकारको सक्षमता ।
अहिले पनि जति संक्रमित निको भएका छन्, ती कुनै औषधिले होइन, आफ्नै आत्मविश्वासले निको भएका छन् । यो अनुभवले के भन्छ भने हामीलाई माक्स र लकडाउनले भन्दा बढी हाम्रै आत्मविश्वास र रोग प्रतिरोधात्मक क्षमताले जोगाएको हो । लकडाउन गरेर सारा समाजलाई भयग्रस्त बनाउन जरुरी नै छैन । केवल जीवनशैली, स्वास्थ्य र उपचारसम्बन्धी सोच र पद्धति बदल्नु आवश्यक देखिन्छ ।
यसबेला सरकारले न आफ्नै पार्टीको कुरा सुनिरहेको छ, न प्रतिपक्षको । न त संकट समाधानको स्पष्ट कार्यदिशा छ । पदीय भागबण्डा र आरोप–प्रत्यारोपमा मन्त्रीदेखि नेतासम्म व्यस्त छन् । शिक्षा, पर्यटन, उद्योग, कृषिलगायतका अन्य धेरै क्षेत्र अस्तव्यस्त छ, तर त्यसका लागि के गर्ने भन्ने सरकारको स्पष्ट धारणा आएको छैन । विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्यमा देखिएको व्यवस्थापकीय क्षमताले नै स्पष्ट पारिसकेको छ सरकारको सक्षमता ।
- यस्तो परिदृश्यले कोरोना भाइरस र परीक्षणको यो श्रृंखला शक्तिराष्ट्रहरूको खेल त होइन भन्ने प्रश्न जन्माइदिएको छ ।
कोरोनाकै सन्दर्भमा आजसम्म चालिएका सरकारी कदमलाई सही प्रमाणित गर्ने आधार देखिएको छैन । अन्य रोगले मृत्यु भएका वा स्वाभाविक मृत्यु भएकालाई पनि पीसीआर परिक्षण गर्ने र कोरोना संक्रमण पुष्टि गर्ने कार्यले आशंकामात्रै थपेको छ । पिसिआर टेस्टको गलत रिपोर्ट दिएर भ्रम फैलाउने काम मात्र गरेको भन्दै विश्वका धेरैवटा राष्ट्रहरूले टेस्ट नै बन्द गरिसकेका छन् । कतिपय स्थानमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले यसैकारण दुव्र्यवहार भोग्न बाध्य भएका छन् ।
यस्तो परिदृश्यले कोरोना भाइरस र परीक्षणको यो श्रृंखला शक्तिराष्ट्रहरूको खेल त होइन भन्ने प्रश्न जन्माइदिएको छ । कतै निरन्तर लकडाउन गरेर हामी जस्तो राष्ट्रको अर्थतन्त्र डामाडोल बनाइ शक्ति राष्ट्रसँग झुक्न बाध्य त बनाइँदै छैन ? कतै यो नयाँ प्रकृतिको योजनाबद्ध विश्वयुद्ध त होइन ? यस बारेमा हामीले ध्यान दिन ढिला भइसकेको छ ।